ट्रेण्डिङ

होमपेज / समाज

सिद्ध कुमाख गाउँपालिकामा २५ वेडको क्वारेनटाइन स्थापना

  सरिता चलाउने २०७६ चैत्र १८ गते मंगलबार १८:३०:०९ मा प्रकाशित

सरिता चलाउने चैत १८, सल्यान 
सिद्ध कुमाख गाउँपालिकामा २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । बिश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोकथाम गर्न भन्दै २५ वेडको क्वारेनटाइन स्थापना गरिएको शो । 
भारत लगाएत विभिन्न देश र नेपाल भित्रका  जिल्लामा कामको शिलशिलामा गएका सिद्ध कुमाख गाउँपालिकाका नागरिकहरु आउने क्रम जारी रहेको हुदाँ यसरी बाहिरबाट आउने व्यक्तिबाट कोरोना भाइरस फैलन सक्ने भन्दै  क्वारेनटाइन स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । मंगलबार गाउँपालिकाको आपतकालिन वैठकबसी निराजन माध्यमिक विद्यालयमा स्वारेनटाइन स्थापना गरिएको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए । 

कोरोना भाइरसबाट आफु बचौँ अरुलाइ पनि बचाऔं  भन्ने भावनालार्इ आत्मसाथ गर्नको लागि छुट्टै स्थानमा क्वारेन्टाइन बनाइएको बताउदै अहिले तत्काललार्इ २५ वेडको भएपनि आवश्यकता अनुसार यसलाइ बढाउन सकिने चलाउनेले बताए । क्वारेन्टाइनमा चाहिने आवश्यक सामग्री लगाएत जनशक्तिको समेत व्यवस्था गरिएको छ यसलाइ पनि आवश्यकता अनुसार थपिदै लगिने बताइएको छ ।
 भारत लगाएत अन्य मूलुक वा सल्यान जिल्ला बाहिरबाट आएका गाउँपालिका भित्रका नागरिकहरुमा कोरोना भाइरसको आशंका लागेमा तत्काल निराजन माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने र निरन्तर स्वास्थ्य अवस्था जाँच गरिने साथै संक्रमणको सम्भावना देखिएमा परिक्षणको लागि रिफर गाउँपालिकाले जनाएको छ  ।
  क्वारेन्टाइनमा बस्ने ब्यक्तिहरुको लागि क्वारेन्टाइन कक्षमा विद्युत, इन्टरनेट, सिसिटिभि लगाएतका प्रविधिहरु उपलव्ध रहेका छन । शुद्ध पिउनेपानी, शोचालय, चमेनागृह लगाएतका सम्पुर्ण सुविधाहरु उपलव्ध हुने निराजन माविका प्रअ धर्मराज घर्तिले बताए । यस अघि नै गाउँपालिका भित्र आएका नागरिकहरुमा कोरोनाको आशंका देखिएमा परिवार तथा समाजमा घुलमिल हुन नदिन घरभित्रै छुट्टै कोठामा क्वारेन्टाइनको रुपमा बस्नका लागि आग्रह गरिदै आइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top