ट्रेण्डिङ

होमपेज / समाज

कोरोना भाइरस आउन नदिन भन्दै मन्दिरमा बली

  सरिता चलाउने २०७६ चैत्र १६ गते आइतबार १६:०९:३२ मा प्रकाशित

सरिता चलाउने चैत १६,सल्यान 
बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ नोवेल कोरोना भाईस फैलन नदिन भन्दै सल्यानमा मन्दिरमा बली चढाइएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका व ७ पाखापानीमा भाईस फैलिन नदिन भन्दै  स्थानीयले बली चढाएका हुन । 

माई भगवतीले मात्रै कोरोना भाईरस रोक्न सक्ने भन्दै त्यहाँका स्थानीयले फुलपाती सँगै कुखुरा र बोकाको वली चढाएको स्थानीय मनोज परियारले जानकारी दिए । 
हिन्दुधर्मको विस्वास अनुसार कोरोना भाइरस महामारीलाई  जितेर बिजय प्राप्ती गर्ने  भन्दै  करिब १ सय स्थानीयले संयुक्त रुपमा पुजा गरेर बली चढाएको उनले बताए ।

 यहाँको धार्मिक अनुसार कुनै पनि महामारी आउदा पहिले देखि नै पुजा गर्दै आएकाले यस पटक पनि गाउँका सबै मिलेर पुजा गरी बली चढाएको  परियारले बताए । 
उनका अनुसार पहिले पनि गाउँमा हैजा आउदा यसै गरी पुजा गएिकाले यस पटक पनि कोरोना भाईरस नआवस, मानवजातीलाई कालीका भगवती माताले रक्षा गरुन भन्दै भगवतीको नाममा बलि दिईएको हो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top