होमपेज / समाज
इन्द्र बुढाथोकी चैत १६, सल्यान
सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकाले भारत सहित अन्य मुलकबाट आएकाको तथ्यांक संकलन गरेको छ । यहि चैत महिना भित्रमा भारत सहितका बिभिन्न मुलकबाट भित्रिएका नागरिकको वडा तथा बस्ती स्तरमा तथ्यांक संकलन गरेको हो ।
जस अन्तर्गत भारतवाट १ सय ६० जना, मलेसिया बाट १ र कतारबाट १ जना गरि जम्मा १ सय ६२ जना आएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल एक विज्ञप्ति निकाल्दै यस्तो जानकारी दिएका छन । विज्ञप्तीमा बनगाड कुपिण्डे नगरपालिका बासी सम्पुर्ण आमाबुवा दाजुभाइ सबैलाई आफ्नै घरको क्वारेन्टाइनमा वस्न नगरपालिकाले आग्रह गर्दछ । प्रत्येक वडा वडामा जनप्रतिनिधिलाई र कर्मचारीलाई तथ्यांक संकलनको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।
भारत सहितका देशबाट आएकाहरुको अवस्था हाल सम्म ठिकै रहेको नगर स्वास्थ शाखा प्रमुख वासुदेव पोख्रेलले जानकारी दिनु भएको छ । आफ्ना मातहतका सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरु समेत सजगता अपनाइ काममा खटिन आग्रह गरेको शाखा प्रमुख पोख्रेलको भनाइ छ । आबश्यक औजार उपकरणको ब्यबस्था नहुदाँ समस्या भैरहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।





.jpg)