ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक महिनालाई पुग्ने खाद्यन्न मौजाद

  सरिता चलाउने २०७६ चैत्र १४ गते शुक्रबार १८:५८:१० मा प्रकाशित

सरिता चलाउने सल्यान, चैत १४ गते । 
 सल्यानमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने  भएको छ । यहाँका वजारमा  एक महिनालाई आवश्यक पर्ने  खाद्यन्न  वजारमा  मौजाद रहेको वताइएको छ । सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर चलाउनेले वजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताए  । उनका अनुसार वजारमा  नौ सय क्विन्टल चामल, ५० क्विन्टल दाल,५५ क्विन्टल, मैदा (पिठो) ६५ क्विन्टल चिनी र  ६ सय गत्था तेल मौजाद रहेको छ ।
लकडाउन घोषणा हुन पुर्व नै धेरैले दैनिक उपभोग्य वस्तु खरिद गरेकाले समस्या नहुने ब्यवसायीको भनाई छ ।
उपभोक्ता अधिकार हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा मानवअधिकारकर्मी रामचन्द्र रेग्मी वजारमा समान भएपनि लुकाउने प्रवृति वढेको वताए । उनका अनुसार  उपभोग्य वस्तु अभाव नभएपनि लुकाउने गरेको जन गुनासो रहेको छ । 
प्रमुख जिल्ला अधिकारी  शिवराम पोखरेलले  खाद्यान्न आपुर्तिलाई सहज वनाउनका लागि सहजताका लागि ईमेल मार्फत अनुमति ब्यवस्था गरिएको वताए ।  जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन उद्योग वाणिज्य संघ संग समन्वय गरिएको छ उनले भने । 
होटेल ब्यवसायी संघ सल्यानका अध्यक्ष ध्रुव भण्डारीले  खाद्यान्नको अभाव नभएपनि वजारमा तरकारीको अभाव हुन थालेको वताए ।  दैनिक वजारमा आउनु पर्ने तरकारी नआएको उनको भनाई छ । 
जिल्लाका वजारमा  उपभोक्तालाई समान खरिदको लागि सहज ब्यवस्था गरिएको छ । वजारमा छुट्टाछुट्टै ब्यक्ति पुगेर समान किन मेलको ब्यवस्था गरिएको  जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top