ट्रेण्डिङ

होमपेज / समाज

सबैभन्दा ठूलो पावर सूचना होः प्रमुख जिल्ला अधिकारी खरेल

  सरिता चलाउने २०७९ चैत्र २७ गते सोमबार १९:५८:५३ मा प्रकाशित

सरिता चलाउने चैत २७,सल्यान 
प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले विश्वमा सबैभन्दा ठूलो पावर सञ्चार र सूचनामा हुने बताउनु भएको छ । राज्य नपुगेका स्थानमा समेत पत्रकार र सञ्चारकर्मी पुगेर त्यहाँको वास्तविकता सार्वजनिक गर्न सक्ने बताउनु भयो । 

सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले समाजमा भएका गरेका वास्तविक घटनालाई सार्वजनिक गरी सेवाप्रवाह चुस्त दु्रस्त गराउन पत्रकारको रचनात्मक भूमिका रहने बताउनु भयो । विकास निर्माणका गतिविधि, गैर कानूनी कार्य रोक्न, सेवाग्राहीले चुस्तद्रुस्त सेवा पाए नपाएको, समाजका विकृति विसंगतिका विरुद्ध वाच डकका रुपमा सञ्चारकर्मी उभिन सक्नु पर्ने बताउनु भयो । 

आफू जिल्लामा जति नै दिन बसेपनि जिल्लाको विकास, शुसाशन, शान्तिसुरक्षा लगायतका क्षेत्रमा लागि पर्ने दावी गर्नु भयो । 
परिचयात्मक कार्यक्रममा पत्रकारहरुले राप्ती राजमार्ग, बालविवाह, विद्युत, सल्यान जिल्ला अस्पताल लगायतका सार्वजनिक महत्वका विषयमा ध्यान दिन आग्रह गरेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top