होमपेज / समाज
चैत ७,सल्यान
जातिय विभेद अन्त्य गर्नको लागि सरोकारवाला नै अग्रसर बन्नुपर्ने ५८ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसमा बोल्ने बक्ताहरुले जोड दिएका छन ।
संविधान र ऐनले जातीय विभेद र छुवाछुतलाई सामाजिक अपराधका रुपमा परिभाषित गरेपनि अझै जातिय विभेदले समाजमा जरो गाडेर बसेकाले सरोकारवाला नै अग्रसर बन्नु पर्ने बताएका हुन ।
सामाजिक बिकास कार्यालय सल्यान र दलित बिकास समाज सल्यानको आयोजना तथा दलित सेवा संघ सल्यानको सहकार्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अशिक्षा, चेतनाको कमी र सोच परिवर्तन गर्न नसकेका कारण अझै पनि जातिय छुवाछुत कम हुन नसकेको बताएका छन । विभेदपुर्ण रहित समाज निमार्र्ण र छुवाछुतको अन्त्य गर्ने प्रयास भैरहेपनि विभिन्न कारण बाट समस्या उत्पन्न भैरहेकाले सबै पक्ष एक भएर लाग्नु पर्ने बताएका छन ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले समाजमा जातिय विभेद मात्र नभएर सबैखाले विभेद अत्य गर्नका लागि सबै पक्ष एक ढिक्का भएर अघि बढनुपर्ने बताउनु भयो । छुवाछुत अन्त्यका लागि थुप्रै कानुन निर्माण भएपनि कार्यान्वयनमा समस्या भएकाले सबैले सोच परिवर्तन गरेर समतामुलक समाज रुपान्तरणमा लाग्नु पर्ने बताउनुभयो । नगरप्रमुख भण्डारीले आफ्नो नगरभित्र कुनै पनि जातिय छुवछुत हुन नदिने र सबैखाले विभेद अन्त्य गर्नमा आफु लागि पर्ने बताउनु भयो । आफ्नो कार्यकालको ५ बर्ष भित्रमा जातिय विभेद अन्त्य गरी छुवाछुतमुक्त नगरपालिका निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कानुनी रुपमा कसैलाई पनि जातजाती धर्म सम्प्रदायीको आधारमा विभेद गर्नु दण्डनिय भएको बताउनु भयो । जातिय छुवाछुतका बारेमा उन्मुलनका कुरा समेटिएपनि न्युनिकरण गर्ने तर्फ सबैले ध्यान दिनुपर्ने बताउनु भयो । जव सम्म आफ्नो सोचाई र व्यवहारमा परिवर्तन हुन सकिदैन तव सम्म जातिय छुवाछुतको अन्त्य हुन नसक्ने प्रजिअ पौडेलले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय दलित मुक्ती जागरण अभियानका कर्णाली प्रदेश संयोजक प्रेमनारायण बिकले सबैले जातका कुरा बुझे पनि व्यवहारमा लागु गर्न नसकेको बताउनु भयो । जातिय विभेद अन्त्यको घोषण भैसक्दा पनि अहिले पनि छुवाछुतकै कारण धेरै दलितले ज्यान गुमाउनु परेको बताउनु भयो । अव सबै सरोकारवाला र अधिकारकर्मीहरु लागेर छुवाछुत अन्त्यको अभियानमा लाग्नु पर्ने बताउनु भयो ।
जिल्ला न्याधिवक्त विष्णु प्रसाद गौलीले समाजमा जातिय छुवाछुत विभेद हुने गरेपनि दलितका मुद्धा सजिलै अदालत सम्म आउन नसकेको बताउनु भयो । सचेतनाका कमी र कानुनका बारेमा जानकारी नभएकै कारण पनि यस्ता घटना हुने गरेकाले समुदाय स्तर देखि बिद्यालय स्तरमा सम्म सचेतनाका कार्यक्रम लैजान आवश्यक रहेको बताउनु भयो ।
दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा द.स.स.क.केन्द्रिय सदस्य कर्ण बहादुर सुनार, गैर सरकारी महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने, सिएमसी नेपालका मिना बुढाथोकी लगायतले मन्तव्य राख्नु भएको थियो ।
दलित बिकास समाज सल्यानका महेश हिताङले सञ्चालन गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जातीय भेदभावको कानुनी व्यवस्था र एनमा भएका कसुर तथा सजायको व्यवस्थाको बारेमा जानकारी दिनुभएको थियो ।





.jpg)