ट्रेण्डिङ

होमपेज / समाज

दुर्घटना अपडेट: सहचालकको मृत्यु, तीन घाइते

  सरिता चलाउने २०७६ चैत्र १४ गते शुक्रबार ०७:३२:२७ मा प्रकाशित

सरिता चलाउने चैत १४, सल्यान 
सल्यानमा गएराती भएको बस दुर्घटनामा सहचालकको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षिइ सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । 
शारदा  नगरपालिका ८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गरेको ना ३ ख ७९७५नम्बरको बस मार्केबजार नजिकै दुर्घटना भएको थियो । 
दुर्घटनामा परी शारदा नगरपालिका ८ का २६ वर्षिय सुरेन्द्र सेजवाल, शोही ठाउँकै २८ वर्षिय थमन चलाउने र  वडा न ५ का २७ वर्षिय खेमराज बुढाथोकी  घाइते भएका छन् । 
घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपचार भई रहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ । गाडीको टायर पन्चर भएपछि ममर्तका लागि दुलधारा पोखरा आउदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top