होमपेज / समाज
सरिता चलाउने चैत १३, सल्यान
सल्यानमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका ८ काटिगाउँबाट दुलधारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५नम्बरको बस काटीगाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा शारदा नगरपालिका ८ बस्ने अन्दाजी २६ वर्षिय सुरेन्द्र सिजुवाल, शोही ठाउँ बस्ने २८ वर्षिय थमन चलाउने , शारदा नगरपालिका ५ को २७ वर्षिय खेमराज बुढाथोकी र र दाङ तुलसीपुर उपमहानगरपालिका ४ बस्ने गाडी सहचालक सुजन नेपाली घाइते रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते चार जनाको सल्यान जिल्ला अस्पतालमा उपचार भई रहेको प्रहरीको भनाई रहेको छ । गम्भिर घाइते नेपालीको सामान्य उपचार पछि नेपालगञ्ज रिफर गर्ने तयारी भई रहेको प्रहरीले बताएको छ । बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ ।
गाडीको टायर मर्मत गर्न दुलधारा पोखरा आउने क्रममा बस दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भई रहेको प्रहरीको भनाई रहेको छ ।





.jpg)