ट्रेण्डिङ

होमपेज / समाज

विदेशबाट आउने व्यक्तिको तथ्यांक संकलन गर्दै प्रशासन

  सरिता चलाउने २०७६ चैत्र १३ गते बिहीबार १८:३४:३४ मा प्रकाशित

सरिता चलाउने चैत १३, सल्यान 
जिल्ला प्रशासन कार्यालय सल्यानले विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संलकन सुरु गरेको छ । विश्वका विभिन्न देशमा रहि फर्र्किएकाहरुको तथ्यांक संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । 
जिल्लाका दश वटै स्थानीय तहसँग समन्वय गरेर प्रत्येक वडामा विदेशबाट आएका व्यक्तिहरुको नाम संकलन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गरिने उनको भनाई छ । 
विदेशबाट आएका कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएमा क्वारेनटाइनमा राख्न पनि यसप्रकारको तथ्यांकले मद्यत पुग्ने उनले बताए । सल्यानबाट भारतमा बढी मात्रामा मानिसहरु जाने भएकाले ती व्यक्तिहरुमा कोरोनाको सक्रमण बढी हुन सक्ने भएकाले सुरक्षित तरिकाले घरमै बस्न उनले आग्रह गरे । साथै कोरोनाको कुनै लक्षण देखिए तत्काल स्वास्थ्यकर्मी तथा प्रशासनमा सम्पर्क गर्न आग्रह गरे ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top