ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्ग: धुलोधुँवाले सास्ती

  सरिता चलाउने २०७९ माघ ६ गते शुक्रबार १७:२०:४९ मा प्रकाशित

माघ ६, सल्यान 

तिन जिल्लाको मुख्य सडकको रुपमा रहेको राप्ती राजमार्ग स्तर उन्नतिका लागि सरकारले अरबौँ  बजेट विनियोजन गर्दै आए पनि सुधार हुन सकेको छैन । सडकलाई चौडा बनाउँदै स्तरोन्नति गर्नका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्च भएपनि सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । 

यस वर्ष मात्र  सल्यानको चोर खोला देखि रुकुमको खौला सम्म ४० करोड बजेटमा  १८ वटा ठेक्का लागेका छन्,तर अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन् भने ५ वटा ठेकेदारले मात्र काम गरिरहेको छन् । ठुला–ठुला खाल्डाखुल्डी त कतै धुलो र  हिलोले यात्रुलाई हैरान मात्र बनाएको छैन, धुलोले सडक नदेखिँदा दुर्घटनाको जोखिम समेत बढाएको छ ।

२०७६∕७७ मा ऊर्जा÷कृषक÷मस्त जेभी कम्पनीले राप्ती राजमार्ग अन्तर्गत पटारे–मोख्ला १ किलोमिटर सडक कालोपत्रेको लागि सम्झौता गरेर काम सुरु ग¥यो, नाला मात्र निर्माण गरेर बाँकी काम अलपत्र छोडेको सिद्धकुमाख गाउँपालिका १ पटारेका स्थानिय राजेश परियाले जानकारी दिनुभयो । काम अलपत्र हुँदा धुलो र धुवाले हैरान बनाउनुका साथै बस्न नसक्ने अवस्थामा रहेको उहाँले बताउनु भयो । 

बर्सातमा सडकमा हिलाम्मे र हिउँदमा धुलोले आजित बनाएको अर्का स्थानिय प्रकाश वलीले बताउनु भयो । सडक छेउमा घर भएका कारण खाना खादा बेला धुलो थालिमै पस्ने गरेकाले बिरामी समेत हुन थालेको उहाँले बताउनु भयो । 

चोर खोला कपुरकोट क्षेत्रको ६ किलोमिटर सडक चौडा र कालोपत्रे गर्ने काम तिन वर्ष अगाडी बाट सुरु गरिए पनि यो काम पनि पुरा हुन नसक्दा धुलोले हैरान त बनाएको छ नै दुर्घटनाको जोखिम समेत बढाएको छ  । 

यस आर्थिक वर्षमा मात्र सडक डिभिजन कार्यालय दाङ बाट करिब ४० करोड बजेट विनियोजन गरेर सल्यान चोर खोला देखि रुकुम खौला सम्म ८८.४ किलोमिटर सडकमा खण्ड खण्डमा बाँडिएर पुरानो २ वटा सहित १८ वटा ठेक्का लागेका सडक डिभिजन कार्यालय दाङले जनाएको छ  । तर सानो ठेक्कामा पनि  ठेकादार कम्पनीले बिभिन्न बहाना गरेर काम सुरु गर्न नसकेको कार्यालयले जनाएको छ  । कार्यालयका अनुसार एउटै कम्पनीले ३ देखि ४ ठाउँ सम्मा ठेक्काको जिम्मा लिएका कारण पनि काम अलपत्र हुने गरेको हो । कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम गर्न नसकेको बताउनु भयो ।  कार्यालयले काम नगर्ने ठेकेदारहरूलाई मौखिक र लिखित रुपमा चिठी काटेको, पत्र पत्रिकामा सुचना निकालेको, एपिजी निकालेका समेत उहाँले बताउनु भयो । 

बेला बेला सडक सुधार र नागरिकलाई छिटोभन्दा छिटो सहजता प्रदान गर्न सकिन्छ भन्ने विषयमा बहस र छलफल हुँदै आइरहेको छ । सडकको तत्कालै मर्मत सम्भार र स्तरोन्नति गर्न भन्दै पटक पटक छलफल र निर्णय समेत हुने गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो । ठेकादारहरूले कम गछौँ भने जवाफ दिने गरे पनि काम हुन नसकेको उहाँले बताउनु भयो । 

केही दिन पहिले मात्र सल्यान बाट निर्वाचित सङ्घीय सांसद र प्रदेश सांसदले जीर्ण सडकका कारण नागरिकले पाएको सास्ती तत्काल मर्मत सम्भार सँगै स्तरोन्नतिका लागि काम गर्न निर्देशन दिएका थिए । तर अहिले १८ वटा ठेक्कामा ५ वटाले मात्र काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top