ट्रेण्डिङ

होमपेज / समाज

संकटमा सल्यानी खुकुरी

  सरिता चलाउने २०७९ माघ १ गते आइतबार १५:४३:२३ मा प्रकाशित

माघ १,सल्यान 

देश विदेशमा सल्यानको चिनारी बनेको सल्यानी खुकुरी दक्ष युवा जनशक्तिको अभावका कारण संकटमा परेको छ । खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावमा संकटमा पर्दै जानथालेको हो । विस. २०१७ सालतिर तत्कालिन राजा महेन्द्र शाहले सल्यानी खुकुरी परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको जनविश्वास रहेको छ । सल्यान भ्रमणका क्रममा खुकुरी देखेपछि सल्यानी खुकुरी प्रवद्र्धन गर्ने प्रतिवद्धता सहित काठमाण्डौमा प्रदर्शनमा राखिएको बुढापाकाहरुको भनाई छ । 

देश तथा विदेशमा समेत राम्रो माग भइरहेको सल्यानी खुकुरीलाई ब्रान्डिङ गर्न शारदा नगरपालिकाले योजना अघि सारेको छ । पछिल्लो समय युवा पुस्ताको जागर हराउदै गएको र सल्यानी खकुरी पनि लोप हुने डरले नगरपालिकाले खुकरी ब्राण्डिङ गरि  बिश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यले योजना अघि सारेको नगरपालिकाले जनाएको छ ।  

देशमै प्रसिद्ध  सल्यानी खुकुरीलाई ब्राण्डिङ गरि  विश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यका साथ नगरपालिकाले योजना अघि सारेको नगरप्रमुख प्रकाश भण्डारीले बताउनु भयो ।  खुकुरी व्यवसायीहरुसँग छलफल गरि समिति समेत गठन गरिएको उहाँको भनाई छ  । उहाँका अनुसारे खुकुरी व्यावसायीलाई एकीकृत गरि सीप, तालिम र उत्पादनको कामलाई अगाडि बढाउने छ, त्यसका लागि नगरपालिकाले उचित कार्यक्रम, बजेट ब्यबस्थापन र माथिल्ला  निकायसँग पहल गरिने छ । 
व्यावसायिक भन्दा पनि निर्वाहमुखी तरिकाले खुकुरी बनाउने पेशा अँगालेका यहाँका स्थानीयलाई प्रोत्साहित गर्दै व्यावसायिक खुकुरी उत्पादनमा लाग्ने वातावरण सिर्जना गर्न खुकुरीको प्रवद्र्धन, ब्राण्डिङ र बजारीकरणको योजना अघि सारिएको बताउनु भयो  । 

जिल्लामा सल्यानी, सिरुपाते, ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षत्रीलगायत नामका खुकुरी व्यवसायीहरुले उत्पादन गरिरहेका छन  । खुकुरी, उपहारस्वरुप दिने क्रम बढेकाले माग बढेपनि यिनीहरुले माग अनुसार उत्पादन गर्न सकेका छैनन् । खुकरी बनाएर एकैजनाले मासिक २० हजार रुपैयाँभन्दा बढी कमाउने गरेपनि युवा पुस्ता यो पेशामा संलग्न नभएको खुकुरी व्यवसायी बिष्णु बिश्वकर्माले बताउनु भयो । 

उहाँका अनुसार जनशक्तिको अभावका साथै कोइला पनि पर्याप्त मात्रामा नपाइने समस्या छ । उहाँले भन्न्ु भयो, देशभित्र मात्र होइन विदेश जानेहरुले पनि उपहारका रूपमा खुकुरी रोज्ने गरेकाले छन, यहाँ उत्पादन हुने खुकुरी सल्यानकै चिनारी बनिसकेको छ, तर नयाँ पुस्ताले रुचि नदेखाएकाले पुरानो पुस्ता पुख्र्यौली पेशा हराउने त होइन भनेर चिन्तित छौँ । 

सल्यानी खुकुरी उपहारका रूपमा काठमाडौं, नेपालगञ्ज, बुटवल, विराटनगर, झापादेखि अमेरिका, अस्टे«लिया, युरोप, जापान लगायत देशमा पठाउने गरिएको छ । एउटा खुकुरीको मूल्य एक हजारदेखि सात हजार पाँच सय रुपैयाँसम्म पर्छ । बिशेष गरि उपहारमा यो खुकुरी जाने गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top