ट्रेण्डिङ

होमपेज / समाज

धनिराम के.सी स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कारबाट के.सी सम्मानित

  हिमाल शर्मा २०७९ पौष २५ गते सोमबार १७:०८:०४ मा प्रकाशित

 हिमाल शर्मा २५ पुस सल्यान ।

 धनिराम के.सी स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर के.सी सम्मानित भएका छन् ।

   स्वर्गीय धनिराम के.सी का सुपुत्र नीरज के.सीले आफ्ना बाबु धनिराम के.सी स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै कोरोना महामारीको रोगबाट अकल्पनीय निधन भएकाले स्वास्थ्य पोषण क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान स्वरूप पुरस्कार वितरण गर्नुभएको छ । आफ्नो बाबुले विगत लामो समय देखी स्वास्थ्य क्षेत्रको अहेबको सरकारी सेवाबाट काम गर्दै जनस्वास्थ्य अधिकृत सम्मको काम गरेको सो क्षेत्रमा काम गर्दागर्दै २०७८ जेठ ६ गते अकल्पनीय निधन भएको थियो ।

      बाबु स्वास्थ्य क्षेत्रमा काम गर्दा गर्दै मृत्यु भएको आफ पनि स्वास्थ्य तथा पोषण क्षेत्रमा काम गर्ने भएकाले बाबुको सम्झनामा पत्रकारलाई सम्मान गर्ने उहाँले बताउनुभयो । आफूले बिगतका दिनमा अक्षयकोष स्थापना गरेर स्वास्थ्य पोषणका क्षेत्रमा काम गर्ने पत्रकारलाई सम्मा गर्ने उहाँले वताउनुभयाे । यस्तै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले स्वर्गीय धनिराम के.सी स्वास्थ्य क्षेत्रमा काम गर्दा गर्दै अकल्पनीय निधन भएकोमा दुख व्यक्त गर्नुभएको छ । स्वास्थ्य नै सबैभन्दा ठुलो भएकाले सबै भन्दा पहिले आफ्नो स्वास्थ्य लाई ख्याल गर्न सबै पत्रकारलाई आग्रह गर्नुभयो । 

     स्वर्गीय धनिराम के.सीले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै बाबुले देखाएको बाटोमा सधैँ तत्पर भएर काम गर्न स्वर्गीय धनिराम के.सी का छोरा नीरज के.सी लाई आग्रह गर्नुभयो । शारदा नगरपालिकाले पनि नगरपालिकाको बारेमा नगरपालिकाले गरेका राम्रा नराम्रा कामको बारेमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने बताउनुभयो । 

     उहाँले भन्नुभयो नगरपालिकाले गरेका हरेक गतिविधिलाई बाहिर ल्याउनुहोस् त्यो चाहे राम्रो होस या नराम्रो नगरपालिकाको क्षेत्रमा काम गर्ने पत्रकारलाई सम्मान गर्ने नीति नगरपालिकाले लिएको उहाँले बताउनुभयो । कार्यक्रममा गैर सरकारी संस्थाका अध्यक्ष दीपेन्द्र शाही जिल्लामा क्रियाशील पत्रकार लगायतको सहभागिता रहेको थियो । पत्रकार शंकर के.सी ले कार्यक्रममा सहभागीलाई स्वागत गर्नुभएको थियो पत्रकार महासङ्घका उपाध्यक्ष सरिता चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह सचिव बुद्धि पुनले गर्नुभएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top