ट्रेण्डिङ

होमपेज / समाज

बनगाडमा छाडा पशु चौपाया व्यवस्था गर्न नि:शुल्क जग्गा माग

  इन्द्र बुढाथोकी २०७९ पौष १ गते शुक्रबार १६:२४:०८ मा प्रकाशित

इन्द्र बुढाथोकी पुस १ सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले एक सुचना जारी गर्दै छाडा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै निशुल्क जग्गा माग गरेको छ ।

यस नगरपालिका भित्र रहेका छाडा पशु चौपायाहरुले किसानहरुले लगाएको बालीनाली खाइ नष्ट गर्दै आएकोले यस नगर कार्यपालिकाको मिति २०७९\०८\२१ गते बसेको बैठकको निर्णय अनुसार त्यस्ता छाडा पशु चौपायाहरु व्यवस्थापनको लागि यस नगरपालिका १ नं।वडाभित्र कम्तिमा ५  रोपनी जग्गाको आवश्यकता परेकोले जग्गा निशुल्क प्रदान गर्न चाहानुहुने व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले १५ ९ दिन भित्र तपशिल बमोजिमका कागजात सहित यस नगरपालिकामा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ भनी नगरपालिका शुक्रवार एक सुचना प्रकाशन गरेको छ ।

धेरै ठाउमा छाडा पशु चौपाया व्यवस्थापनको लागि ठाउँ हेर पनि उपयुक्त ठाउँमा जग्गा दिन तयार नभएपछि नगरपालिका छुट्याइएको २० लाख पैसा समेत कार्यान्वयन नआएको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । जनताको गुनासो छ स्थानीय सरकारले छाडा पशुचौपाय व्यवस्थापन गर्न सकेन भनेर तर उपयुक्त जग्गा नहुदा कसरी व्यवस्थापन गर्ने भनेर अहिले सूचना गरिएको उहाले बताउनु भएको छ । जति सक्दो कृषकका समस्या समाधान गर्न भने पनि उपयुक्त ठाउँ नहुदा समस्या भएको बताउनु भएको छ ।

यता कृषकहरूले भने छाडा पशु चौपायाले लगाएको बाली सकाफ पारिदिने भन्दै  सयौं रोपनी खेतीयोग्य जमिन बाझै  राखेर छन । अत्याधिक गहुँ र धान उत्पादन हुने यी जमिनमा छाडा पशुचौपाय व्यवस्थापन हुन नसक्दा किसानहरुले बाँझै छोड्न बाध्य भएका छन् । खेतमा लगाएको बाली नाली छाडा पशुचौपायले नष्ट गरिदिने भएपछि किसाहरु मरमा परेका हुन् । बनगाड कुपिण्डेको सबैभन्दा बढी समस्या वडा नम्बर १ अम्रा, माल्पे, घाटगाउ, बस्नेउरा, बुरेली,  ठाउँहरुमा रहेको छ । सयौं रोपनी जग्गा बाझै हुँदा यहाँ ठुलो मात्रामा उत्पादन घट्ने देखिएको छ । नगरपालिका सबै ठाउँमा सडक, बजार
रहेका हुन्छन । व्यवस्थापन हुन नसक्दा सायौ छाडा पशुचौपाय सडक, बजार तथा खेतबारीमा पस्ने गरेका छन् ।

अहिलेको यो समय गहुँ लगाउने समय हो । तर यहाँका किसानले यो बर्ष भने आफुहरुले केहि बाली नलगाएको किसानहरुले बताएका छन् । ‘पटक पटक हामिले नगर पालिकालाई यो समस्या भनिसकेका छौ । यो समस्या बर्सौ देखिको हो । अघिल्ला वर्ष जसोतसो गरेर धान गहुँ लगाइयो तर यो वर्षबाट लगाउन सकिएन’, स्थानीय किसान डम्बर महतराले बताए । लगाएको बाली छाडा पशुचौपायले खाँदा बीउ, मल र मेहनतको प्रतिफल नै आउने नगरेको उनले दुखेसो गरे ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top