ट्रेण्डिङ

होमपेज / समाज

पौडी खेल्ने क्रममा वेपत्ता नेपाली मृत फेला: अपडेट

  इन्द्र बुढाथोकी २०७९ कार्तिक ८ गते मंगलबार १८:०४:०७ मा प्रकाशित

 कात्तिक ८,सल्यान 
पौडी खेल्ने क्रममा वेपत्ता भएका तुलाराम नेपाली मृत फेला परेका छन् । मंगलबार दिउसो  बनगाड कुपिण्डे नगरपालिका ७ मा मैदुमा रहेको मैदुपोखरीमा अन्दाजी ४४ वर्षीय नेपाली वेपत्ता भएका थिए । 

वेपत्ता भएको तीन घण्टा पछि नेपालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी, नरपालिका, र स्थानीयको सहकार्यमा पोखरीको पानी घटाई डुंगाको सहायताले वेपत्ता नेपालीको शव पोखरीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

नेपालीको मानसिक सन्तुलन ठिक नभएको स्थानीयको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top