ट्रेण्डिङ

होमपेज / समाज

 अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द ग¥यो बनगाड कुपिन्डे नगरपालिकाले 

  इन्द्र बुढाथोकी २०७६ चैत्र १० गते सोमबार १५:१०:०७ मा प्रकाशित

इन्द्र बुढाथोकी  सल्यान , १०चैत । 
कोरोना भाइरस आफै घरभित्र जादैन। उसलाई खोज्न तपाईं घर बाहिर नजानुहोस भन्दै विश्वभरि महामारीका रुपमा फैलदै गएको कोरोना भाइरस कोभिड१९० को सङ्क्रमणबाट सुरक्षित रहन विशेष सावधानी अपनाउन बनगाड कुपिण्डे नगरपालिका सल्यानले नगरबासिलाइ विशेष अनुरोध गरेको छ । सोमबार नगरपालिकामा विपद जोखिम  नियुनिकरण समितिको बसेको बैठकले सङ्क्रमण फैलिन नदिन अत्यावश्यक काम बाहेक अन्य समयमा भिडभाड हुने खालका कार्यक्रम,  नगर्न आग्रह गरेको छ ।
               

व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, घर–आँगन, टोल, बस्ती, बजारलगायतका व्यक्तिगत र सार्वजनिक स्थलहरुमा सफासुग्घर रहन तथा राख्न बैठकले सबैलाई  विशेष निर्देशन गरेको छ । नगरपालिकाले नगरपालिका अति आवश्यक काम बाहेक अन्य कामहरु यश कार्यालय तथा इकाइ हरु आजसोमबार  १० गते  देखि चैत्र २१ गते सम्म्मलाइ अति आवश्यक काम बाहेक अन्य काम बन्द गरेको र अन्य वडा तथा बिषयगत शाखा कार्यालय पनि बन्द हुने बताएको छ। 
 साथै स्वास्थ्य शाखा लगाएत स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाई, गाउँघर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत सबैलाई बिदामा नबसी नियमित सेवामा खटिन निर्देशन दिएको नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनु भएको छ । 

 बैठकले ८ बुदे निर्देश दिदै होटल रेस्टुरेन्टहरुमा अनावश्यक भिडभाड नगर्न, निकै जरुरी काम बाहेक अनावश्यक काममा घुमफिर नगर्न, ज्वरो आएका रुघाखोकी लागेमा विरामिबाट सर्तक रहने उनिहरुलाइ उपचारको लागि समन्वय गरिदिने, बाहिर देशबाट आएका व्यक्तिहरुको सम्पर्क नम्बर सहित निगरानी राख्ने उनिहरुलाइ ज्वरो आएमा रुघाखोकी लागेको देखिएमा यश कार्यालय वा नजिकैको स्वास्थ्य सस्थामा खवर गर्ने, २५ जना भन्दा बढी एकै ठाउँमा एकै पटक जम्मा नहुने, प्रत्येक व्यक्ती आ आफ्नै  घरबाट बाहिर ननिस्कौ, कुनै बस्तु छुनु अघि र छोइसके पछि सावुन पानीले २० सेकेन्ड सम्म मिचिमिची राम्रो सङ्ग हात धुने बानी बसालौ र आफू बचौ, अरुलाइ पनि बचाऔ . 

प्रतिक्रिया

सम्बन्धित खवर

Top