ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा म्याद नाघेका अखाद्य बस्तु जफत गरी नष्ट

  सरिता चलाउने २०७६ चैत्र ९ गते आइतबार १७:१८:३३ मा प्रकाशित

सरिता चलाउने चैत्र ९, सल्यान 
सल्यानमा म्याद नाघेका अखाद्य बस्तु जफतगरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यलय सल्यानको नेतृत्व र स्थानीय तहको समन्वयमा जिल्लाको कपुरकोट र श्रीनगर बजारको अनुगमन गरेर म्याद नाघेका अखाद्य बस्तुहरुको जफत गरेर नष्ट गरिएको हो । 
जफत  गरिएका अघाद्य बस्तु जिल्ला प्रशासन कार्यलय सल्यानको हाता भित्र आईतबार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायन लामीछानेले जानकारी दिए । 
सामानहरुको जफत गर्दै  टोलीले म्याद नाघेका अखाद्य बस्तु बिक्री बितरण नगर्न व्यापारीहरुलाई आग्रह गरेको उनको भनाई छ  । अखाद्य बस्तुको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यसको बिक्री बितरण नगर्न टोलीले आग्रह गरेको हो  ।
अनुगमनका क्रममा श्रीनगर र कपुरकोट  बजार बाट चाउचाउ, बिस्कुट, भुजा, तेल, सेन्टर फ्रुटी, म्यांगो फ्रुटी, कोक, फेन्टा, दालमोट, चुरोट लगायका अखाद्य बस्तु जफत गरी नष्ट गरिएको लामिछानेको भनाई छ  ।
बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी नारायन लामीछाने, शारदा नगरपालीकाका उपप्रमुख साबित्रा बस्नेत, कपुरकोट गाउँपालीकाका अध्यक्ष भिम बहादुर सेन, निमित्त प्रहरी प्रमुख लक्ष्मण वली, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलय सल्यानका धु्रब खत्री, पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक ईच्छृक शर्मा उद्योग बाणिज्य संघ लगायतको पहलमा बजार अनुगमन गरिएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top