ट्रेण्डिङ

होमपेज / समाज

आगलागी पिडीत परिवारलाई सहयोग हस्तान्तरण

  सरिता चलाउने २०७६ चैत्र ५ गते बुधबार १५:४४:४६ मा प्रकाशित

सरिता चलाउने चैत्र ५, सल्यान
 सल्यानका एक व्यक्तिले स्वर्गीय बहिनीको सम्झनामा आगलागी पिडीत परिवारलाई राहात सहयोग गरेका छन । सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ का पुर्ब शिक्षक गोविन्द चलाउनेले स्वर्गीय बहीनि तिला कुमारी चलाउनेका सम्झनामा रु १३००० हजार  सहयोग गर्नुभएको हो । 
गतको फागुन २० गते  राती सिद्धकुमाख गाउँपालीका वडा नम्बर १ बाँझकाडामा स्थानीय रतन बुढाथोकीको  घरमा आगलागी बाट क्षति पुग्नुको साथै आगलागीमा परेर उनका ११ वर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको मृत्यु भएको थियो ।
मृतक प्रति हार्दिक श्राद्धान्जली दिदै स्वर्गीय बहिनीको सम्झनामा आफुले सक्दो सहयोग गरेको उहाँले बताउनु भयो । 
आफ्नो सानो  सहयोगले पिडीत परिवारको क्षति पुरा गर्न नसकेपनि पीडामा केही राहत हुने विश्वाश रहेको छ चलाउनेले भन्नु भयो, दुखद पीडामा राहात वितरणको लागी  सहानुभुति दर्शक बनेर बस्नु भन्दा तत्काल आधाभुत आवश्यकता पुरा गर्न तर्फ लाग्नु पर्छ । 
सानो सहयोगले पनि पिडीत परिवारलाई राहात मिल्ने भएकाले सबैले सहयोग गरिन चलाउनेले आग्रह गर्नुभएको छ । 

यसैबिच आगलागी पिडीत परिवारलाई नेपाल तरुण दल सिद्ध कुमाखको विशेष पहलमा संकलन भएको २७ हजार ५ सय २५ रुपैया सहयोग गरिएको छ । 
संकलन भएको रकम नेपाली कांग्रेस सिद्धकुमाख गाउँपालिका वडा नंं १ का वडा सभापति तेज बहादुर बुढाथोकी,  जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्ट प्रमुख तरुण दल सल्यानका अध्यक्ष एवम् छत्रेश्री गाउँपालिकाका अध्यक्ष सन्तोष के।सी, शारदा नगरपालिकाका नगर सभापति सचेत शाह, शारदा नपा १५ का वडा अध्यक्ष हिमेन्द्र बाबु सेजवाल,तरुण दल का.वा.अध्यक्ष सविन हमाल, उपाध्यक्ष जगत जंग बुढाथोकी, तरुण दल क्षेत्रीय सभापति महेश बुढाथोकी लगायतले एक कार्यक्रमको आयोजना गरी  राहत हस्तान्तरण गरिएको हो  । बांकी रकम १४ हजार ५सय २५ अन्य सहयोगीहरुबाट संकलन गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top