ट्रेण्डिङ

होमपेज / समाज

विपद ब्यवस्थापन समिति सल्यानको वैठक सम्पन्न

  सरिता चलाउने २०७६ चैत्र ४ गते मंगलबार १३:३४:५८ मा प्रकाशित

सरिता चलाउने सल्यान
जिल्ला विपद ब्यवस्थापन समिति सल्यानको वैठक सम्पन्न भएको  छ । वैठकले नोवेल कोरोना भाईरसवाट वच्न समुदाय  र विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्ला विपद ब्यवस्थापन समितिको वैठकले  सवै स्वास्थ्य संस्थाका  कर्मचारीलाई अत्यावशेक वाहेक विदा नदिने निणर्य गरेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा वसेको वैठकले स्थानीय तहलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निणर्य गरेका हो ।
यस्तै कपुरकोटमा स्थापना भएको हेल्थ डेस्कमा आवश्यक पर्ने स्वास्थ्यकर्मी र आवश्यक समाग्रीका लागि ब्यवस्था गर्न कर्णाली  प्रदेश समाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निणर्य गरेको छ । 
सल्यान अस्पतालमा  आईसुलेशन वार्ड, क्वारेन्टाई क्षेत्र तोक्ने निणर्य गरिएको छ । यस्तै चैत ५ गते भित्र सवै विद्यालयले परीक्षा सञ्चालन  गर्नु पर्ने पनि वैठकले  निणर्य गरेको छ ।  वैठकमा सल्यानका स्थानीय तहका जनप्रतीनिधि, जिल्ला स्थित सरकारीका कार्यालयका  प्रमुख एवं  प्रतीनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top