ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा देवरले भाउजूलाई भगाएर लिए पछि

  इन्द्र बुढाथोकी २०७८ पौष १८ गते आइतबार १६:५०:१६ मा प्रकाशित

इन्द्र बुढाथोकी  पुस १८ सल्यान । 

 सल्यान मा देवरले भाउजूलाई भगाएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ व्युरेणीका अन्दाजी ३५ वर्षका देवर विजय रानाले ३० वर्षीय भाउजू  शान्ति रानालाई विवाह गरेर लिएको उनका भाइ नरेश रानाले जानकारी दिएका छन् । विजयले  ठुलोवुवाको छोरा दाइ डिलबहादुर रानाको श्रीमती भाउजू नाता पर्नेलाई पुस ११ गते भगाएर भारत लगेको भाइ नरेशले बताएका छन् । 

 देवर विजय राना भाइको घर निर्माण गर्न भनी वन कट्टी बाँकेमा केही दिन अगाडि देखि बसेको र  भाउजू शान्ति रानाले घर देखी नेपालगन्जमा उपचार गर्न लगायत लालपुर बाँकेमा निजको नाममा रहेको पाँच कट्ठा जमिनको धान बेच्न र बर्दिया आफ्न्तीहरुलाइ भेट्न जान्छु भनी घरबाट बहाना गराएर गएको विजयकी श्रीमती दिपा रानाले बताएकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top