होमपेज / समाज
११ पुस इन्द्र बुढाथोकी
श्री पातल सामुदायिक वन उपभोक्ता समुह बनगाड कुपिण्डे नगरपालिका ३ सल्यानले साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा वार्षिक अनुमानित २४ लाख ४२ हजार अनुमानि आम्दानी बजेट कार्याक्रम घुम्ती कोष वितरण , डढेलो नियन्त्रण, बन व्यवस्थापन, पानी मुहान सरक्षण, नेतृत्व विकास तालीम, अदुवा तरकारी खेती सम्बन्धि तालीम, समुहको भवन निर्माण, विपत व्यवस्थापन, पोखरी निर्माण, वृक्षारोपण लगाएतको बार्षिक कार्यक्रम उक्त सभाले पारित गरेको छ । साधारणसभा बोल्दै प्रमुख अतिथि ३ न वडा अध्यक्ष टेकबहादुर पुनले सामुदायिक वन सरक्षणमा सबै लाग्नु पर्ने र पातल सामुदायिक जिल्लामा एउटा नमुना सामुदायिक वनको रुपमा देखिएको समेत बताएका छन ।
सामुदायिक वन सबैको सम्पत्ति भएको र यसलाई सरक्षण गर्नु पर्ने बताउनु भएको छ । पातल सामुदायिक वनले नियमित वार्षिक कार्यक्रम गरेको र यसलाई निरन्तरता दिनु पर्ने बताउनु भएको छ । कार्यक्रमलाई निरन्तरता दिदै वनलाइ जोगाउनु पर्ने बताउनु भएको छ । आफुले सक्दो सहयोग समेत गर्ने बताउनु भएको छ ।
सधै सिपमुलक तालिम गर्दै विभिन्न सामुदायिक वन सम्बन्धि काम गर्दै आएको अध्यक्ष नरेश बुढाथोकीले जानकारी दिनु भएको छ ।





.jpg)