ट्रेण्डिङ

होमपेज / समाज

बजार अनुगमन नहुँदा उपभोक्ताहरु ठगिएको गुनासो

  सरिता चलाउने २०७६ चैत्र २ गते आइतबार १७:३३:२५ मा प्रकाशित

सरिता चलाउने २ चैत, सल्यान 
नियमीत बजार अनुगमन नहुँदा उपभोक्ताहरु ठगिएको सल्यानमा एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारी सल्यानको खलंगामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सम्बन्धित निकायले बजार अनुगमन नगर्दा उपभोक्ताहरु बिभिन्न बहानामा ठगिँदै गएको बताएका हुन । चाड पर्वको समयमामात्र बजार अनुगमन हुने र अन्य बेला अनुगमन नगर्दा उपभोक्ताहरु ठगिएको गुनासो गरेका छन । खाध्य, किराना पसल देखि, अन्य स्थानहरुमा उपभोक्ता ठगिनुका साथै चर्कोे मुल्यमा कारोबार गर्नु परेको बताएका छन ।  
उपभोक्ताहरु आफै सचेत नहुनु र कारवार्हीको दायरामा नल्याउदा पनि बजार अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामचन्द्र रेग्मीले बताए । सम्बन्धित निकायले बजार अनुगमनलाई कडाई नगर्दा उपभोक्ताहरु ठगिरहेको उनको भनाई छ । 
          सचेतनाको कमिले पनि उपभोक्ताहरु ठगिने गरेकाले जनमानसमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने शारदा नगरपालिका २ का वडा अध्यक्ष केशब सिङ श्रेष्ठले बताए । उपभोग गर्न पाउनु नागरिकको अधिकार भएकाले गुणस्तरिय सामान प्राप्त गर्नको लागि उपभोक्ताहरु पनि सचेत हुनुपर्ने बताए । 
सबै उपभोक्ता भएकाले कुनै न कुनै बहानामा आफुहरु ठगिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलयका प्रमुख नृपजंग शाहीले बताए। अहिले सबै अधिकार स्थानीय तहमा गएकाले स्थानीय तहहरु पनि यस बिषयमा जिम्मेवार बन्नु पर्ने जोड दिए । 
            कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले कानुन अभावले गर्दा नियमित बजार अनुगमन गर्न नसकिएको बताए । संघियता आई सके पछि कानुन निर्माणमा ढिलाई हुँदा पनि अनुगमन गर्नमा अन्यौल देखिएको उनको भनाई छ  । अनुगमनका बिषयमा सचेतना फैलाउनु पर्ने मिडियाले पनि यस्ता बिषयमा कुरा उठाउनु पर्ने बताए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top