ट्रेण्डिङ

होमपेज / समाज

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सल्यानको अध्यक्षमा पुन

  सरिता चलाउने २०७८ मंसिर २७ गते सोमबार १७:२०:४० मा प्रकाशित

सरिता चलाउने मङ्सिर २७,सल्यान 

नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) सल्यानको अध्यक्षमा चूडामणि पि.एम. निर्वाचित भएका छन् । सोमबार सल्यान खलङ्गामा भएको फोनिजको दोस्रो जिल्ला अधिवेशनले दुई पछि थप्ने गरी ११ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।  

जसको उपाध्यक्षमा राजु पुन, सचिव प्रदीप घर्ती, सह सचिव सुस्मिता थापा र कोषाध्यक्षमा कमल बुढालाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरूमा विशाल पुन, विजय घर्ती र नबिना कुमारी पुन रहेका छन् । 

अधिवेशनले तीन सदस्यीय सल्लाहकार कमिटी गठन गरेको छ । जसमा वृद्धि पुन, हरि प्रकाश पुन र यम थापा रहेका छन् । 

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश सदस्य दीपक शर्माले समावेशिता र प्रेस स्वतन्त्रतालाई नेपाल पत्रकार महासङ्घले पहिलो एजेन्डा बनाएर लड्दै आइरहेको बताए । लोकतन्त्र बलियो भए मिडिया बलियो हुने र मिडिया बलियो भए लोकतन्त्र पनि बलियो हुने भएकाले समाजमा पछि परेका र पारिएका वर्ग, समुदायका वास्तविकतालाई बाहिर ल्याउन सक्नु पर्ने बताए । नेपाल विविधताले भरिपूर्ण देश भएकाले सबै वर्ग, जाति, समुदाय, धर्मका विषयलाई राज्यको कानसम्म पु¥याउन मिडियाले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने शर्माले बताए । पत्रकारिता प्रति आकर्षण बढाउन ,टिकाउन र क्षमता विकासमा जोड दिए । उनले फोनिजसँग पत्रकार महासङ्घले आवश्यक सहकार्य गर्ने समेत बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top