ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा नाच हेर्न गएका युवा मृत भेटिए

  सरिता चलाउने २०७८ मंसिर २३ गते बिहीबार १८:०७:१७ मा प्रकाशित

सरिता चलाउने मङ्सिर २३,सल्यान 

सल्यानमा एक युवा मृत फेला परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ निवासी अन्दाजी १६ वर्षीय टेक बहादुर बोहराको शव कपुरकोट –५ ओखरपाटा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधवार साथीहरूसँग बिहेमा नाच हेर्न गएका का उनी घर नफर्किएपछि मृतकका परिवारले प्रहरीलाई खबर गरेको थिए ।

प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा बिहीबार दिउँसो ओखरपाटाको भिरमा करिब ५० मिटर तल बारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम यादवले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top