होमपेज / समाज
सरिता चलाउने मंसिर २०,सल्यान
कर्णाली प्रदेशका दश जिल्ला मध्ये सात जिल्ला खाद्यन्न असुरक्षित रहेको पाइएको छ ।
साविक कर्णालीका पाँच जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट र साविक भेरीका जाजरकोट र दैलेख खाद्यमा असुरक्षित देखिएका हुनआफ्नो उत्पादन अपुग हुनेको घरधुरीको संख्या कर्णाली प्रदेशभर ७७ दशमलव २८ प्रतिशत र ३८ प्रतिशत मानिसलाई मात्र बर्षभरि खान पुग्ने गरेको तथ्याङकले देखिएको हो । कर्णाली प्रदेश सरकार भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सोमबार सल्यानको खलंगामा आयोजना गरेको प्रादेशिक कृषि विकास रणनीति सम्बन्धी जिल्ला स्तरिय सरोकारवाहरु सँगको अन्तरक्रिया कार्यक्रममा ४० प्रतिशत मानिसलाई छ महिना मात्र खान पुग्ने र बाँकलाई ३ महिना पनि खान नपुग्ने गरेको तथ्याङक सार्वजनिक गरिएको हो ।
जिल्लामा पाखो जमिनमा सिचाईको अवस्था कमजोर र खाद्यन्न उत्पादन कम हुने भएकाले खाद्य सुरक्षामा कमजोर देखिएको कृषि विकास रणनीति प्राबिधिक सहयोग सुबिधा योजना अनुगमन तथा मुल्याकन बिशेषज्ञ डा. राम वास्टाकोटीले बताउनु भयो । जिल्लामा खाद्यन्नको उत्पादनलाई बढाउनको लागि प्राङगारिकक आधार स्तम्भहरुलाई जोड दिनुपर्ने बताउनु भयो । लोप हुँदै गएका रैथाने बालिहरुलाई उत्पादन गर्नमा जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले उत्पादन क्षेत्रलाई बढाउन सिचाई र यान्त्रिकरणजोड दिनुपर्ने बताउनु भयो । अब बनाउने कृषि रणनीतिमा किसानले पाउने सेवा क्षेत्र, सरकारले दिने सेवा क्षेत्र तोकिनेपर्ने बताउनु भयो । अहिलेका मान्छे सेवामुलक भन्दा पनि नाफामुलक भएकाले यसलाई अलि बढी जिम्मेवार बनाउन सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले कृषि क्षेत्रमा विकास गर्न कृषि प्राविधिकहरु किसान कहाँ पुग्नु पर्ने र प्राबिधिक ज्ञान दिनु पर्ने बताउनुु भयो । किसानलाई अनुदान भन्दा पनि प्रबिधिमा जोडनु पर्ने र उत्पादनमुखि बनाउनु पर्ने बताउनु भयो । सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुुर चलाउनेले सरकारले दिने अनुदानका कार्यक्रम विपन्न वर्गलाई जोड दिएर व्यवसायीकरण गर्नुपर्ने बताउनु भयो ।
कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले कृर्षि क्षेत्रलाई सबैको आकर्षणको केन्द्र बनाउनको सोचमा परिवर्तन आउनु पर्ने बताउनु भयो । अहिले पनि कृषि क्षेत्रलाई तल्लो व्यवसायका रुपमा बुझने गरेकाले शिक्षितवर्ग पनि यो पेशामा लाग्नुपर्ने बताउनु भयो । शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेतले अहिले पनि कृर्षि क्षेत्र सरकारको प्राथामिकतामा नपरेको बताउनु भयो ।
पशु अस्पताल तथा पशु सेवा कार्यलय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्ययको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका बिभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, कृषक समुहका प्रतिनिध लगायतको उपस्थित रहेको थियो ।





.jpg)