होमपेज / समाज
सरिता चलाउने मङ्सिर २०,सल्यान
सल्यानमा एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको दार्मा गाउँपालिका पाजाखोलाका अन्दाजी ७० वर्षीय टेक बहादुर खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार साँझ गाउँमा विवाह भोज खान गएका खत्री सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार मृतक खत्री विवाहमा गएको र कोही नभएको खाली घरमा मृत अवस्थामा रहेको भनी स्थानीयले खबर गरेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरे पछि इलाका प्रहरी कार्यालय दार्मा सल्यानबाट खटिएको टोलीले बुझ्दा मृतकको शरीरमा कुनै घाउ चोट नदेखिएको उहाँले बताउनु भयो । घटनाको बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय थारमारे बाट प्रहरी टोली खटिएको सुचना अधिकारी पौडेलले बताउनु भयो ।





.jpg)