होमपेज / समाज
इन्द्र बुढाथोकी फागुन ३० सल्लीबजार
सल्यानको बनगाड कुपिण्डे नगरपालिका जाने बाटो हिलाम्मे भएको छ । नगरपालिका केन्द्र जाने सडक पुरै हिलाम्मे हुदा नगरपालिकामा सेवा लिन जाने सेवाग्राहीलाई सास्ती भएको छ । छिन्छु जाजरकोट सडक राजमार्ग नजिकै देखि ३ सय मिटर भित्र पर्ने बनगाड कुपिण्डे नगरपालिकाको कार्यालय जाने सडक अविरल वर्षाका कारण हिलाम्मे भएको छ । .jpg)
३ मिटर सडकमा रातो माटोले पुरै सडक हिलाम्मे हुदा जनप्रतिनिधि तथा नगरपालिका भने खासै चासो दिएको छन । नगरपालिकामा सेवा लिन जाने मान्छेहरू अनेत्रबाट राम्रो सङ्ग आए पनि नगरपालिका कार्यालय नजिकै पुग्दा लड्दैपड्दै कार्यालयमा सेवा लिन जाने गरेको एक जना सेवा ग्राहिले बताएका छन ।
उनले भनेका अनेत्र बाटो भन्दा नगरपालिकाको कार्यालय जाने बाटो अलि राम्रो हुनु पर्नेमा अझ झनै नगरपालिका मुखैमा सडक हिलाम्मे भएको देख्दा आफुलाई अचम्म लागेको बताएका र जनप्रतिनिधि सधै आफू हिड्ने सडक राम्रो छैन अनेत्रको झन के विकास होला भन्दै प्रश्न गरेका छन ।.jpg)
तर नगरपालिका कार्यालय नजिकै बनगाड खोला र नगरका आफ्नै जेसिपी व्यागलोडर र टिपर हुदा समेत त्यसलाई सुधार तिर खासै ध्या





.jpg)