ट्रेण्डिङ

होमपेज / समाज

अवरुद्ध छिन्चु–जाजरकोट सडकखण्ड सुचारु

  इन्द्र बुढाथोकी २०७८ भाद्र १४ गते सोमबार १७:५२:१० मा प्रकाशित

इन्द्र बुढाथोकी , भदौ १४ सल्यान । 
अविरल वर्षापछि आएको पहिरोले अवरद्ध बनेको छिन्चु–जाजरकोट सडक खण्ड सुचारु भएको छ । सडकमाथिबाट आएको पहिरोले सोमबार बिहानदेखि  अवरुद्ध बनेको सडक झन्डै १० घण्टा पनि सूचारु भएको हो ।  

सल्यानको बनगाड कुपिन्डे नगरपालिका –११ रैकरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । बनगाड कुपिण्डे नगरपालिकाको जेसिबिको सहयोगमा सडक सुचारु भएको नगरपालिकाले जनाएको छ । 
 
सडक अवरुद्ध हुँदा रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानबाट नेपालगञ्ज जाने र आउने सवारीसाधनहरु बीच बाटोमै रोकिएका थिए ।
यस्तै  सल्ली – खलंगा सडकखण्ड भने वानवय सञ्चालनमा आएको ।  
बनगाड कुपिण्डे नगरपालिका  – ६ को बयालडाँडा नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको थियो ।  दुवै तर्फबाट आवतजावत गराउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top