ट्रेण्डिङ

होमपेज / समाज

बुहविवाह तथा सम्बन्ध विच्छेदका घटना सल्यानमा बढ्दो

  सरिता चलाउने २०७८ भाद्र १४ गते सोमबार १६:४९:५५ मा प्रकाशित

भदौ १४,सल्यान 
वैदेशिक रोजगार, श्रीमान श्रीमतीबिच आपसी अविश्वास जस्ता कारण सल्यानमा वहुविवा तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । 
कम उमेरमा विवाह गर्नु, आपसी वेमेल हुनुले बहुविवाह तथा सम्बन्ध विच्छेद बढ्दै गएको सरोकारवालाहरुको भनाई छ । 

सल्यान जिल्ला अदालतको तथ्यांकका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा २२९ सम्बन्ध विच्छेद र बुहविवाहका ३७ घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा बुहविवाह २८ र सम्बन्ध विच्छेद १०८ रहेका थिए । 

 महिला तथा पुरुषबिच अविश्वासको खाडलल बढदै जानु, प्रविधिको विकास जस्ता कारण जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेद र बुहविवाहका घटना बढ्दै गएको सल्यान जिल्लाका अदालतका श्रेष्टेदार हेमन्त ज्ञवालीले बताए । 
कम उमेरमा विवाह, इन्टरनेट र सामाजिक सञ्जालको चरम दुरुपयोग, वैदेशिक रोजगार, धर्म प्रति अविश्वास आदी कारण जिल्लामा यस प्रकार घटना बढेको ज्ञवालीको भनाई छ । 

बुहविवाह कानुनी अपराध हो भन्ने चेतनाको कमी, वैदेशिक रोजगारी तथा घरेलु हिंसाको कारण यस्ता घटनाहरु समाजमा घट्ने गरेको अधिवक्ता थलराज भण्डारीले बताए । 
शहरी जीवनशैली तथा तडकभडक, नकारात्मक सोच हुनु तथा सामाजिक असन्तुलनको कारण पनि यसका प्रकारका घटना वृद्धिमा हुनुमा बढवा दिएको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top