ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतको सिम्तामा फोर्स दुर्घटना :७ घाइते, ३ को अवस्था गम्भीर

  इन्द्र बुढाथोकी २०७८ भाद्र ९ गते बुधबार १८:५५:५७ मा प्रकाशित

इन्द्र बुढाथोकी ,भदौ ९ सल्यान । 
नेपालगञ्ज देखि जाजरकोट जाँदै गरेको भे १ ज १०४२ को फोर्स गाडी  दुर्घटना भएको छ ।  बुधबार साँझ  सुर्खेत सिम्ता गाउँपालिका ४ कालिखोलामा फोर्स गाडी दुर्घटना भएको हो । 

गाडी दुर्घटना हुँदा  ७ जना घाइते भएका छन् । घाइते मध्य  ३ को अवस्था गम्भीर भएको ईलाका प्रहरी कार्यालय वादेपिपल राकमका इन्चार्ज तथा प्रहरी निरिक्षेक नन्दराम जोसीले जानकारी दिए  ।

घाइते हुनेमा रुकुम पश्चिम चौहरजारि ७ का वर्ष १७ का आषिश शर्मा, रुकुम पश्चिम चौरजहरीका अविनाश राना, जाजरकोट भेरि नगरपालिका २ का सम्झना शाह, दिनेश केसी, जाजरकोट भेरि न.पा. १२ डिव बहादुर गन्धर्व, छेडागाड नगरपालिका वर्ष ५१ का गोरख बुढा चालक सुजन परियार रहेका छन् । 

घाइते सबैलाई  सल्यान सल्लिवजारमा रहेको जनवन्धु पोलिक्निकमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको जोसीले बताए ।  । आशिष शर्मा, गोरख बुढा र सम्झना शाहको अवस्था भने गम्भीर रहेको उनको भनाई छ  । गाडीमा १ चालक सहित ६ जना यात्रु सवार रहेको जनाइएको छ ।

 गाडीको पछाडिको देव्रे चक्का निक्लेका कारण  दुर्घटना भएको प्रहरीले बताएको छ । उक्त जिप सडक देखि ६० मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top