ट्रेण्डिङ

होमपेज / समाज

युवा समाजसेवी यरीले गरे देवस्थल स्वास्थ्य चोकीलाई १ हजार सर्जिकल मास्क हस्तान्तरण

  इन्द्र बुढाथोकी २०७८ श्रावण ३१ गते आइतबार २०:४८:५१ मा प्रकाशित

इन्द्र बुढाथोकी ,साउन ३१ सल्यान । 
बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार निवासी युवा समाजसेवी दोर्ण यरीले आइतबार देवस्थल स्वास्थ्य चौकीलाई १ हजार सर्जिकल मास्क हस्तान्तरण गरेका छन ।

नेकपा एमाले माधव नेपाल निकट अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका यरीले कोरोनाको तेस्रो भेरिएसन आएको र लकडाउन समेत खुकुलो हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै उक्त मास्क हस्तान्तरण गरेको बताए  ।

 कोरोना सङ्ग मिल्दोजुल्दो बिरामीहरु बढिरहेकोले स्वास्थ्यकर्मीलाई थोरै भए पनि सुरक्षा हुने उदेश्यले मास्क सहयोग गरेको उनको भनाइ रहेको छ ।  स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्वास्थ्य चौकी परिवारले यरीलाई धन्यवाद ज्ञापन गरेको छ । यरीको सहयोगले कोभिड नियन्त्रण तथा रोकथाम गर्न ठुलो राहत हुने देवस्थल स्वास्थ्य चौकी प्रमुख भुमा बुढाथोकीले बताइन । प्रमुख बुढाथोकीले यसरी सबैलाई सहयोग गर्न पनि आग्रह गरीन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top