ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अपाङ्गता भएका नागरिकलाई घरमै कोरोना खोप उपलब्ध गराउन अधिकारकर्मीहरुको ध्यानाकर्षण

  सरिता चलाउने २०७८ श्रावण १९ गते मंगलबार १७:००:५४ मा प्रकाशित

सरिता चलाउने साउन १९,सल्यान 
सल्यानमा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै कोरोना भाइरस विरुद्धको खोप लगाउन अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।

मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिहरु सरकारले तोकेको स्थान ( खोप केन्द्र)सम्म जन कठिनाई भएकाले शो सुविधाबाट बञ्चित नगराउन आग्रह गरिएको छ । 

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पूर्ण  अति अशक्त अपाङ्गगता भएका नागरिकहरु खोप केन्द्रसम्म जान नसक्ने भएकाले ती नागरिकहरुको जीवन रक्षाका लागि उनीहरुलाई घरमै खोप लगाउने व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top