ट्रेण्डिङ

होमपेज / समाज

प्रहरीद्धारा अबैध घरेलु मदिरा नष्ट

  इन्द्र बुढाथोकी २०७८ श्रावण ९ गते शनिबार ११:५९:४७ मा प्रकाशित

इन्द्र बुढाथोकी साउन ९,सल्यान
इलाका प्रहरी कार्यालय सल्लीबजारले अबैध घरेलु मदिरा नष्ट गरेको छ । 

 प्रहरीले बनगाड कुपिण्डे नगरपालिका  १ सल्लीबजारबाट ५५ लिटर अबैध घरेलु मदिरा, रक्सी बनाउने कच्चा पदार्थ अन्दाजी १४० लिटर, प्लास्टिक भाडा १८ वटा, रक्सी बनाउने भाडा ४ जोड नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

बरामद गरेको मदिरा स्थानीय जनप्रतिनिधी र भद्र भलादमीहरुको रोहोवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । घरेलु मदिराले घरेलु हिंसा, महिला हिंसा तथा अपराधिक क्रियाकलाप बढाउन मद्धत गर्ने भएकाले नष्ट गरिएको प्रहरीको भनाई छ । 

 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top