ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा होटल भत्किदा दुई जना घाइते

  इन्द्र बुढाथोकी २०७८ श्रावण ६ गते बुधबार १६:२४:२३ मा प्रकाशित

 साउन ६,सल्यान 
सल्यानमा एक होटल भत्किदा दुई जना घाइते भएका छन् । 
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –११ गंगटेमा विनोद शाहीले सञ्चालन गर्र्दै आइरहेको तीन तले पक्की भेरी हाइवेय होटलको जग भासि घर पूर्ण रुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घर भत्किदा  ग्राहक कुमाख गाउँपालिका –२ बस्ने ५० वर्षीय लिल बहादुर रावत र शोही होटलमा काम गर्ने रुकुम पश्चिम सानोभेरी गाउँपालिका –८ का १३ वर्षीय युवराज डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए ।

 घाइते दुवै जनाको सुर्खेतमा मेहलकुनामा उपचार पछि डाँगी घर फर्किएका छन् भन् रावतको थप उपचारको लागि नेपालगञ्ज पठाइएकोे उनको भनाई छ । घर भत्किदा घर भित्र रहेका समान पुरिएको प्रहरी र स्थानीयको सहयोगमा अहिले उद्दार कार्य भइरहेको सूचना अधिकारी पौडेलले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top