होमपेज / समाज
इन्द्र बुढाथोकी साउन ५ सल्यान ।
डिभिजन वन कार्यालय सल्यान आर्थिक वर्ष २०७७र२०७८ मा उत्कृष्ट कार्य गर्ने दुई कर्मचारी सम्मान गरेको छ । उत्कृष्ट काम गर्ने प्राविधिक बन रक्षक टिकाराम बस्नेत र करार कार्यालय सहयोगी शिवकुमार चौधरीलाई कार्यालयले सम्मान गरेको हो । साथै कार्यालले वार्षिक समिक्षा कार्यक्रम समेत सम्पन्न गरेको छ
। गत आर्थिक वर्षमा कार्यालयले ७९।२१ प्रतिशत प्रगति गरेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए । डिभिजन वन कार्यालयमा कर्मचारी अभावले समेत भने अनुसार काम गर्न नसकिए पनि शन्तोस जनक काम भएको उनको भनाइ रहेको छ । कार्यालयका सबै कर्मचारीको इमान्दारी, लगनशीलताले कार्यसम्पादनमा समेत राम्रो काम गरेको प्रमुख गिरीले बताए । कार्यालयमा अहिले पनि २२ जना कर्मचारीको अभाव रहेको समेत उनको भनाई छ
। त्यसको लागि कर्णाली प्रदेश सरकार तथा पर्यटन तथा वन मन्त्रालयमा माग गरिएको समेत बताए । कर्मचारी कम भए पनि कर्मचारीको उच्च मनोबल बनाउदै काम गर्न अनुरोध गरे । उनले भने हामी कर्मचारी भनेको जनताको सेवक भएर काम गर्न आएको र जहिले नि सेवाग्राही सङ्ग राम्रो सम्बन्ध राखेर काम गर्नु पर्छ । वन कार्यालय भित्रको काम जोखिम काम हुने भएकाले त्यसलाई सहजीकरण गरेर सहज तरिकाले काम गर्न समेत सबै कर्मचारीहरुलाइ अनुरोध गरे .





.jpg)