होमपेज / समाज
सरिता चलाउने साउन ३,सल्यान
सल्यानका छ किसानहरु मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् ।
जिल्लामा पशु विकासका क्षेत्रमा नमुना योग्य कार्य गर्ने नमुना कृषक, पशुपालक, सहकारी मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका हुन ।
सम्मानित हुनेमा ढाकाडाम महिला साना किसान सहकारी संस्था दार्मा गाउँपालिका ५, ढाकाडाम ,गाई भैसी पालन तर्फ कृष्ण गाई फर्म त्रिवेणी गाउँपालिका ५ का कृष्ण रेउले, बंगुरपालन तर्फ मदन पशुपंक्षी फर्म बागचौर नगरपालिका ७ का मदन घर्ती रहेका छन् ।
यस्तै माछा पालन तर्फ अरुण कृषि फर्म छत्रेश्वरी गाउँपालिका ६ की नोखीकुमारी विष्ट, भेडाबाख्रा पालन तर्फ सल्यानी बहुउद्देश्सीय बागचौर नगरपालिका १ कि लिला बस्नेत र कुखुरा पालन तर्फ देवकोटा पशुपंक्षी फमकी खिमा केसी सम्मानित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । सहकारीलाई ५० हजार र फर्मलाई २५ हजार पुरस्कार प्रदान गरिएको उपाध्यायको भनाई छ ।
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबो व्यवस्था स्थानीय तह हुँदै जिल्ला र प्रदेश स्तरसम्म हुने गरेको छ । जिल्लाबाट उत्कृष्ट भएका किसानमध्येबाट कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री उत्कृष्ट पुरस्कारमा समेत प्रतिस्पर्धा गर्न पाउने छन् ।





.jpg)