ट्रेण्डिङ

होमपेज / समाज

डिभिजन वन कार्यालय र आशाले गरेको कार्यक्रमको संयुक्त अनुगमन

  इन्द्र बुढाथोकी २०७८ श्रावण २ गते शनिबार २०:५०:०५ मा प्रकाशित

इन्द्र बुढाथोकी साउन २ सल्यान । 
डिभिजन वन कार्यालय सल्यान र पहाडी साना किसानका लागि अनुकूलन आयोजना सल्यान आयोजना समन्वय ईकाइ (आशा) सल्यानले बनगाड कुपिण्डे नगरपालिकामा भएका योजनाको संयुक्त रुपमा अनुगमन सम्पन्न गरेको छ । योजना अनुगमन समन्वय एकाइ  आशा जिल्ला प्रमुख चुडामणि खतिवडाले बनगाड कुपिण्डे नगरपालिकामा गरेका विभिन्न आयोजनाका बारेमा जानकारी गराएका छन् । 

प्रमुख खतिवडाले बनगाड कुपिण्डे नगरपालिका १० वटा वडामा विभिन्न प्रकारका काम गर्दै आएको समेत बताएका छन । उक्त सस्थाले सिचाइ कुलो, पोखरी, खानेपानी, माछा पोखरी, कृषि, बन, भकारो सुधार, बाख्रा खोर निर्माण र बृक्षरोपण लगाएतका काम गरिरहेको छ । दिगो विकासका लागि उक्त नगरपालिकामा ३ वर्ष देखि काम गर्दै आइरहेको समेत प्रमुख खतिवडाले बताए । उक्त अनुगमन बोल्न अधिकांश बक्ताहरुको आशा सस्थाले प्रगति उन्मुख काम गरिरहेको बताए ।

 बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले उक्त सस्थाले गरेका काम सन्तोषजनक भएको सधै सहकार्यको लागि अनुरोध समेत  गरे । गरेको कामको दीर्घकालीन विकासमा टेवा दिनु पर्नेमा जोड दिनु पर्ने बताए । विकास गर्ने त्यसको जिम्मेवारी नलिने समस्या भएकोले विकासमा समस्या भएको  बताउँदै उनले आशा सस्था आए देखि नगरपालिका साना साना समस्या हल गरेर जनतालाई नगरपालिका विकासको लागि धेरै सहज भएको  बताए । 
 अब नगरपालिका १२ वटा वडामा नै कार्यक्रम लागु गर्नु पर्ने समेत नगर प्रमुख पुनले बताए । 

 सल्यान जिल्ला प्रमुख अधिकारी लक्ष्मीदेली होमागाई खतिवडाले  अहिलेको जथाभावी सडक निर्माण गर्ने कार्य रोक्नु पर्ने र त्यसतो ठाउँमा बृक्षारोपण गर्ने पर्ने बताइन ।  सल्यानको ५ वटा पालिकामा उक्त सस्थाले कार्यक्रम गर्दै आएको छ । साधन र प्रबिधि दिएर ग्रामीण विकास गरेर एकीकृत बस्ती बसाल्ने तिर ध्यान दिनु पर्ने समेत बताइन । 

नगर उप प्रमुख मन्जु यरिले आशाको काम तिर खुसी हुँदै दीर्घकालीन टिकाउ हुनेमा केही समस्या आउँछ कि त्यता तिर पनि ध्यान दिनु पर्ने  बताइन ।  डिभिजन वन कार्यालयका प्रमुख रमेश गिरीले वन मन्त्रालयको समन्वयमा उक्त कार्यक्रम सन्चालन भएको र यस सस्थाले राम्रो काम गर्दै बताए । जैविक विविधताको संरक्षण गर्दै विकास निमार्णलाई अघिघ बढाउनु पर्नेमा उनको जोड रहेको छ । प्राकृतिक सम्पदाको संरक्षणबाट मात्र मानव अस्तित्व कायम रहन सक्ने भएकाले हामीले गर्ने हरेक क्रियाकलाप वातावरण मैत्री हुनु पर्ने बताए   यसको साझेदारी दीर्घकालीन समेत हुनुपर्ने उनको भनाई छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top