ट्रेण्डिङ

होमपेज / समाज

टिकाले पाइन ८ वर्षमा नयाँ जीवन

  इन्द्र बुढाथोकी २०७८ असार २९ गते मंगलबार १७:१८:१५ मा प्रकाशित

इन्द्र बुढाथोकी  असार २९ सल्यान । 
बनगाड कुपिण्डे नगरपालिका ५  की १० वर्षीया टीका परियारले ८ वर्ष नयाँ जीवन पाएकी छन् । २०६८ सालमा जन्मिएकी टीका परियारलाइ २०७० साल कार्तिक महिनामा ट्रकले ठक्कर दिएको थियो ।

ट्रकले ठक्कर दिदा उनका दुबै खुट्टामा चोट लागेको थियो भने दायाँ खुट्टा पुरै कामै नलाग्ने भएको थियो । उनलाई ट्रकले ठक्कर दिना साथ नेपालगन्ज मेडिकल कलेज बाकेमा उपचार हुँदै काठमाडौ बि एण्ड बि मा उपचार गराएको र नेपालगन्ज उपचारको क्रममा दायाँ खुट्टा काटेर फालेको थियो ।  छोरीको उपचारका लागि भारतमा कमाउन जान्छु भन्दै  बुवाले अर्को श्रीमती लगेर भारत तिर गएपछि बालिकाको जीवन थप कष्टकर बनेको थियो । अप्प्ठेरो अवस्थामा श्रीमानले साथ छाड्दा दुख कष्टको सिमा नरहेको सुमित्रा परियारले बताइन । उनले भन्निन अहिले ५ वर्ष भयो सम्बन्ध बिगरेको न त फोन गर्छन न त घरमा नै आउछन अतोपतो छैन । आफुले भने माइतीको सहायतमा छोरीको हेरचाह गर्नुको साथै उपचार गरिरहेको सुमित्राले बताइन् ।

२०७७ चैत्र २२ गते बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग तथा  बिकलाङ्ग मित्र समुह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र काभ्रेपलाञ्कचोकको प्राबिधिक सहयोगमा देवस्थलमा शिविर सम्पन्न भयो । उक्त शिविरमा मेरो छोरी टिकालाइ पनि चेकजाँच गराए अनि उसलाई अपांग बाल अस्पताल काभ्रेपलान्चोक लिनु पर्ने कुरा आयो अनि म झ सङ्ग भए पहिला नै यति धेरै ठाउमा उपचार गरिसकेको छोरीलाई सन्चो नभएको के अहिले सन्चो होला जस्तो लागेन अनि पैसा पनि छैन कसरी उपचार गर्ने होला भन्ने सोचिरहेको थिए शिविरमा आउनु भएको बिकलाङ्ग मित्र समुह अपांग बाल अस्पताल काभ्रेपलान्चोक तथा कर्णाली प्रदेश साहेक सुपरभाइजर हेमराज केसि सरले भन्नू सबै खर्च हामी आफै व्यहोरेर उपचार गर्दिन्छौ भने पछि हामिले उपचार गर्ने काभ्रेपलान्चोक लगेर गयौं । अहिले नगरपालिका र अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा छोरीको उपचार भइरहेको छ । भने सामान्य हिडडुल समेत गर्न सक्ने भएकी छन् । उसलाई अब सन्चो हुन्छ जस्तो लागेको समेत आमा सुमित्राले भन्नी अहिले काटेको खुट्टामा कित्रिम खुट्टा राखिएको छ भन्ने अर्को खुट्टाको अप्रेसन गरेर हिड्न सक्ने भएको छ । 

 बिकलाङ्ग मित्र समुह तथा अपांग बाल अस्पताल तथा पुन स्थापन केन्द्र काभ्रेपलान्चोकको प्राविधिक सहयोगमा र सल्यान  बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग सहित दुबै सस्थाकोसाझेदारी उपचार भैरहेको बिकलाङ्ग मित्र समुहका कर्णाली प्रदेश सुपरभाइजर हेमराज केसिले बताउनु भएको छ । १८ बर्ष मुनीका शारीरिक अपांग भएका बालबालिकाहरुलाइ उपचारमा सहयोग गर्ने उदेश्यले यस्तो शिविर  सन्चालन गरिएको केसिले बताउनु भएको छ सल्यानका १० वटा स्थानीय तह हुँदै देश भरिमा यो सेवा संचालन गरिएको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top