होमपेज / समाज
इन्द्र बुढाथोकी असार १८,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिकालाई बाख्रा पकेट विकास गन बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले साना व्यवसायी कृषि उत्पादन पकेट बिकास कार्यक्रम अन्तर्गत कुपिण्डे ताल साना किसान कृषि सहकारी सस्थालाइ १५ लाख बराबरको अनुदानमा बाख्रा तथा बोका वितरण गरेको हो ।
नगरपालिकाको वडा न ८ र ९ न वडाका सहकारीमा रहेका ५० घरधुरीलाई ५ वटा बोका, ५० वटा बाख्रा वितरण गरिएको छ भने समुहले आफ्नै लगानीमा खोर निर्माण तथा खोर सुधार समेत गरेका छन ।यस क्षेत्रलाई बाख्रा पालनको लागि उतम भएको र सबै किसानलाई व्यवसायी तरिकाले बाख्रा पालन तिर लाग्न नगर प्रमुख गोविन्द कुमार पुनले आग्रह गरेका छन । नगरपालिकालाइ कृषिमा आधुनिकीकरण तिर लैजाने समेत उनले बताए । प्रत्येक वडामा कुनै कृषि बाली बस्तुमा तथा पशुपंक्षी पकेट क्षेत्र बनाएर अगाडि बढ्ने समेत उनको भनाई छ ।
कार्यक्रममा वडा न ८ अध्यक्ष कुल बहादुर पुरी, पशु सेवा शाखा प्रमुख बिनाराम बुढाथोकी लगाएतको उपस्थिति थियो । बाख्रा नगर प्रमुख पुन, वडा अध्यक्ष पुरी र शाखा प्रमुख बुढाथोकीले सयुक्त रुपमा वितरण गरेका हुन ।





.jpg)