ट्रेण्डिङ

होमपेज / समाज

छाडा पशुचौपाया नगरपालिकाभित्र हुलेर आन्दोलनमा उत्रिएका सल्यान बनगाडका किसान

  इन्द्र बुढाथोकी २०७८ असार १८ गते शुक्रबार १२:४०:५३ मा प्रकाशित

इन्द्र बुढाथोकी  असार १८,सल्यान 
छाडा पशुचौपाय नियन्त्रण गर्न नसेको भन्दै स्थानीयले बनगाड कुपिण्डे नगरपालिकाको कार्यालय हाता भित्र गाई हुलि दिएका छन् ।

 छाडा पशु चौपाय व्यवस्थापन गर्न माग गर्दै स्थानीयले  १ सय ३९ भन्दा बढी गाई पालिकाभित्र हुलेर आन्दोलन गरेका हुन । छाडा पशुचौपायाले रोप्न तयारी अवस्थामा रहेको धानको व्याड, लगायत अन्नबाली खाइदिए पछि बाध्य नभएर छाडा पशुचौपाय नगरपालिका भित्र हुल्न बाध्य भएको बनगाड कुपिण्डे नगरपालिका १ अम्राका शंकर बुढाले बताए । 

रातभर खेतबारीमा जाग्राम बस्दा पनि गाई नियन्त्रण गर्न नसकेको अर्का किसान रुपसरा बस्नेतले बताइन । छाडा पशु चौपायले गर्दा एक सय भन्दा बढि घरपरिवारकोको खेत सधै आधा बाँझै हुने गरेको उनको भनाई छ । उनले भनिन ‘व्याड लगायतको अन्नबाली जोगाउन रातदिन नभनि खेतमै बस्नु पर्छ , खेतमा बस्दा सर्पको पनि उत्तिकै डर हुन्छ । रातदिन नभनेर बस्दा पनि छाडा पशुचौपाय नियन्त्रण गर्न सकिएन ।’ 

पालिका भित्र गाई हुलेर आन्दोलन गर्नु पर्ने आफुँहरुको बाध्यता रहेको विष्णु यरीले बताए । बिहान ६ बजेदेखि छाडा पशुचौपाय नगरपालिका भित्र हुलेको भएपनि अहिलेसम्म कुनै पनि जनप्रतिनिधि कार्यालयमा नआएको उनको भनाई छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top