होमपेज / समाज
इन्द्र बुढाथोकी ,१० असार
बाताबरण बिभाग बबरमहल काठमाण्डौले सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कलाकार, खेलाडी तथा स्वयंसेवक सहितको टोलीले जनचेतनामूलक कार्यक्रम गर्दै स्थानीय निकायमा वातावरणिय सरसफाइ तथा कोभिड स्वास्थ्य सामाग्री वन तथा वातावरण विभागका संयोजक मोहनसिङ्ग कार्कीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । बिहीबार डिस्पेन्सर, मास्क, सेनिटाइजर, सर्जिकल मास्क, झारु, हजारी, पिकर, पन्जा, फेस सिल्ल, पिपिइ सेट लगाएका सामाग्री हस्तान्तरण गरिएको हो ।
सबैले वन विनास गर्न लागेको तर जोगाउन कसैले ध्यान दिएको बताउँदै कार्कीले वनको संरक्षणबाट नै मानवजातीको अस्तित्व कायम रहने बताए । खानेपानी स्रोत सुक्दै जाने जलबायु परिबर्तन हुने लगाएतका काम बन बिनासका कारण भएकोले सबै त्यसलाई बचाउन लाग्नु पर्ने बताए । मेयर गोविन्द पुनले वन संरक्षणमा नगरपालिकाले विशेष पहल गरी रहेको बताउँदै आगामी दिनहरुमा पनि वन जोगाउन तर्फ लागि पर्ने बताए ।
वातावरण बचाउनको लागि तीन तहका सरकार लाग्न नेकपा माओवादी केन्द्र सल्यानका अध्यक्ष कर्ण बहादुर बुढाथोकीले आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मीले बन तथा बाताबरण जोगाएर भूक्षय बाढी पहिरो लगाएत रोक्ने बताए ।
उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै बन जोगाउनु पर्ने भन्दै गित तथा नाटक समेत प्रस्तुत गरिएको थियो ।





.jpg)