ट्रेण्डिङ

होमपेज / समाज

निषेधाज्ञामा पनि सल्यानका किसानलाई कामको चटारो

  इन्द्र बुढाथोकी २०७८ असार ९ गते बुधबार १३:५१:०८ मा प्रकाशित

इन्द्र बुढाथोकी असार ९,सल्यान 
वर्षा सुरु भएसँगै सल्यानका ग्रामीण भेगमा रोपाई, घैया धान र मकै गोड्ने चटारो छ । कोरोना संक्रमणका कारण जिल्ला बाहिर रहेकाहरु सबै आफ्नै गाउँघर तिर फर्किएका छन् । 

खेतीपातीको सिजन भएकाले उनीहरु कोरोना संक्रमणबाट जोगित सावधानी अपनाउँदै अन्नबाली लगाउन व्यस्त भएका छन् । किसानहरु धान रोपने, मकै गोड्ने, कोदोको रोप्नका लागि जग्गाको तयारी लगायतका काम व्यस्त भएको कृषिबाट जीविका चलाउने किसान निषेधाज्ञाको प्रवाह नगरी खेतबारीमा व्यस्त भएका छन् । मानो रोपेर मुरी फलाउने समय भएकाले कोरोनाको खासै प्रवाह नगरी खेतबारीको काममा व्यस्त हुने गरेको किसानको भनाई छ ।

 निषेधाज्ञा भए पनि हामीजस्ता खेती गरेर खाने किसानलाई कामको चटारो रहेकोे बनगाड कुपिण्डे नगरपालिका ९ स्वराका धन बहादुर बुढाथोकीले बताए । उनले भने हामीलाई खेतीपाती गर्न निषेधाज्ञाले कुनै पनि असर गरेको छैन । 

ग्रामीण भेगमा किसान वर्षभरि परिवारलाई खान पुग्ने अन्नबालकिो जोहो गर्न निषेधाज्ञाको कुनै असर नपरेको बनगाड कुपिण्डे नगरपालिका ४ कि मिना पुनले बताइन ।उनले भनिन निषेधाज्ञा भएपनि हामी जस्ता किसानलाई कामको चटारो छ । विगतको समयजस्तौ काम गरी रहेका छौँ । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top