ट्रेण्डिङ

होमपेज / समाज

गैरीबजार डुवान रोकथामको माग गर्दै नगरपालिकामा ज्ञापन पत्र

  इन्द्र बुढाथोकी २०७८ असार ८ गते मंगलबार ०७:१९:५३ मा प्रकाशित

इन्द्र बुढाथोकी असार ८,सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको मुख्य व्यापारिक केन्द्र सल्लीबजार स्थित गैरीबजारको डुवान रोकथामको माग गर्दै नगरपालिकालाई व्यापारीहरुले ज्ञापन पत्र बुझाएका छन ।  प्रत्येक वर्षको आउने बनगाड खोलाका कारण गैरी बजार डुवान पर्नुका  साथै उच्च जोखिममा परेको छ ।

वर्षाको समय आउन साथ त्यसका व्यापारीहरु रातभर जागराम बस्ने गर्दछन् । बनगाड खोलाले गर्दा बजार जोखिममा रहेको भन्दै तत्काल तटबन्धको माग गरिएको गैरीबजारका व्यापारी बालकृष्ण सुनारले बताए  । तटबन्ध नभएमा बजार डुवानमा पर्ने र आफुहरुको बिचल्ली हुने उनको भनाइ छ । वर्षेनी आउने बाढीले गैरी बजारका ४० भन्दा बढी घरहरु डुवानमा पर्ने गरेको उनको भनाई छ बनगाड खोलाका कारण बनगाड खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने रोपाइको लागि तयार पारिएको व्याड समेत बगाएको भक्त बहादुर पुनले बताए  । 

 बनगाड जिउलाका खेतीयोग्य जमिनमा तटबन्ध नहुदाँ वर्षेनि ठुलो क्षेती हुने गरेको छ । गत वर्षको वाढीले जमिन कटान गरे पछि अनुगमनको ताँती लागेको थियोे । बनगाड खोलालाई डिपियार गरि गुरुयोजना अनुरुप तटबन्ध गर्ने घोषणा समेत भएको थियो तर एक वर्ष बितिसक्दा समेत काम सुरु हुन सकेको छैन । पिडित किसानलाई अनुगमन पुगेका तत्कालीन कर्णाली प्रदेशका आर्थिक मन्त्री प्रकाश ज्वाला, प्रदेश संसद गुलाफ जंग शाह,नगर प्रमुख गोविन्द कुमार पुन,वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिले समेत गर्चेवजार देखि भेरि नदि मसान घाटसम्म उक्त खोलाको तटबन्धको लागि पहल थाल्ने जनाएका थिए । ।

      वेलखोला,राउँचे,वाग्चौर,खहरेखोला टोल र वडा,१,४,५, ६ को स्थानमा पर्ने खेतीयोग्य जमिनमा बढी क्षती हुने गरेको छ ।रोप्नको लागि रोखेको धानको व्याडसँगै खेत वगाएको छ ।

  

प्रतिक्रिया

सम्बन्धित खवर

Top