ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चौथो पटक थपियो निषेधाज्ञा

बैंकहरु हप्ताको तीन दिन खुल्ने

  सरिता चलाउने २०७८ जेठ २५ गते मंगलबार १४:२५:३१ मा प्रकाशित

सरिता चलाउने जेठ २५,सल्यान 
सल्यानमा चौथो पटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका सबै पालिकाहरुमा कोभिड १९ को  संक्रमणदर र मृत्युदर अपेक्षाकृत रुपमा कमी नआएको भन्दै संक्रमण नियन्त्रण,रोकथाम तथा संक्रमितको उपचार गर्न भन्दै  पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सल्यानको मंगलबार बसेको बैठ्कले २७ गते बिहान १ बजेदेखि असार २ गते राती १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन । 

जिल्लामा रहेका बंैकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी आइतबार, बुधबार र शुक्रबार बिहान १० देखि देखि दिउँसो २ बजेसाँ सञ्चालन गर्ने, सरकारी कार्यालय, बैंक, दुरसञ्चार प्रदायक संस्थाका सवारी साधनको हकमा बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म कार्यालयमा आवतजावतका लागि मात्र प्रयोग गर्ने गरी व्यवस्था मिलाउने निर्णय भएको उनको भनाई छ । यस्तै सार्वजनिक एवमं निजी सवारी सवारी साधन सञ्चालनका लागि २७ गते बिहान १ बजेदिेखि असार २ गते राती १२ बजेसम्म जिल्लाभर रोक लगाउने निर्णय भएको छ । 

निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ । यस्तै तरकारी, फलफुल,माछा मासु,दाना, एग्रोभेट , दूध डेरी खाना पकाउने ग्यास पसलहरु दैनिक बिहान ६ बजेदेखि बिहान ९ बजेसम्ममात्र सञ्चालन गर्न पाइनु साथै फलफूल, तरकारी, माछा मासु बाहेकका खाद्यन्न लगायतका अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाका हकमा आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top