होमपेज / समाज
सरिता चलाउने जेठ ८,सल्यान ।
सल्यानका एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल अमेरिका बस्दै आइरहेका गोबिन्द चलाउनेले आफ्नो जन्मदिनको अवसर पारेर सिद्ध कुमाख गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणलाई नियन्त्रण कम गर्न भन्दै उनले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । लाईन्स कल्ब सल्यानका आजिवन सदस्य समेत रहेका चलाउनेले गाउँपालिका भित्रका ६ वटा स्वास्थ्य सस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
स्यानिटाईजर, मास्क, जिंक चक्की, भिटामिन लगायत ८० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको लाईन्स कल्बका सदस्य मोहन वलीले जानकारी दिए । उनका अनुसार अमेरिकाबाट चलाउनेले पठाएको सहयोग रकमले स्वास्थ्य सामाग्री किनेर उपलब्ध गराइएको हो ।
चलाउनेले सहयोग गरेको स्वास्थ्य सामाग्री शनिवार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउने र स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद यादवलाई हस्तान्तरण गरिएको छ। महामारीको समयमा आफ्नो जन्मदिनको अवसर पारेर आफूँले गरेको सहयोगले पनि केही राहात हुने चलाउनेले बताए । आफुले सहयोग गरेको स्वास्थ्य सामाग्री गाउँपालिकाका ६ वटै स्वास्थ्य सस्था सम्म पु¥याउन सहयोग गरेकोमा गाउँपालिकालाई चलाउनेले धन्यवाद समेत दिएका छन् ।





.jpg)