ट्रेण्डिङ

होमपेज / समाज

जिल्लामा क्रियाशिल नागरिक संघ संगठनले बुझाएका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

  सरिता चलाउने २०७८ जेठ ४ गते मंगलबार १८:०३:१३ मा प्रकाशित

सरिता चलाउने जेठ ४,सल्यान 
जिल्लामा क्रियाशिल नागरिक संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण बुझाएका छन् । 

जिल्लाका मानवअधिकार कर्मि, नागरीक समाज र पत्रकारको टोलीले सामाग्री खरिदकोे बिषयमा गरिएको अनियमिततका बारेमा सत्य तथ्य छानबिन गरी दोसिमाथि कडा कारवाहिको माग गर्दै मंगलबार सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

सल्यान जिल्ला अस्पतालमा अक्सिजन कन्सन्टे«टर खरिदमा अनियमितता भएको भन्दै विभिन्न सञ्चार माध्यममा प्रकासित प्रशारित समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । जनताको स्वास्थ्यसँग सम्बन्धित सामाग्री खरिदका विषयमा गरिउको बदमासी भएको भन्ने विषयमा सत्य तथ्य छानविन गरी दोषीमाथि कडा कारवाहीको माग ध्यानाकर्षण पत्रममा उल्लेख गरिएको छ ।

कोरोना महामारीको समयमा नागरिकको सुरक्षाका लागि जिम्मेवार र कर्तव्य निष्ठ भएर कार्य गर्ने दायित्वबाट स्वास्थ्य सेवा कार्यालय पन्छिन नमिल्ने उल्लेख गरिएको छ । अक्सिजन पडान गर्ने गरिएको बोलपत्र विपरित अक्सिजन कन्न्टे«टर जडान हुनु सरासर गलत मनासय रहेको देखिन्छ । यसर्थ सामान खरिद कार्यमा संलग्न कर्मचारीको यथाशिघ्र छानविन गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top