होमपेज / समाज
वैशाख ३१,सल्यान
जिल्ला अस्पताल सल्यानलाई विभिन्न सहयोगी हातले अक्सिजन सिलिन्डर प्रदान गरेका छन् । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि विभिन्न सहयोगी हातहरुले अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान गरेका हुन ।
शुक्रबार सल्यान जेसिसले पाँच थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । सल्यान जेसिसका अध्यक्ष एवं उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुको नेतृत्वमा जेसी दिपक बोहरा, र जेसी गणेश विक लगायतको टोलीले ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।
यस्तै अस्पतालमा अक्सिजनको अभाव भएपछि सल्यानमा थालिएको सहयोग अभियानबाट ४ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । १ लाख ३३ हजार रकमबाट चार वटा अक्सिजन सिलिन्डर प्रदान गरिएको अभियान्ता तथा पत्रकार सनत कुमार शर्माले जानकारी दिए ।
अक्सिजन अभावका कारण छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोगका लागि थालिएको सहयोग अभियानमा एक्यबद्धता जनाई विभिन्न महानुभावहरुले सहयोगबा उठेको पैसाले अक्सिजन सिलिन्डर किनी अस्पतालाई हस्तान्तरण गरिएको उनको भनाई छ ।
उक्त सहयोग अभियानको नेतृत्व पुर्व राज्य मन्त्री राजेन्द्र बहादुर शाह, केशव सिहं श्रैष्ठ, चन्द्र प्रकाश वली, नवराज शर्मा र सनत कुमार शर्माले गरी रहेका छन् ।





.jpg)