ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा थप १५ दिन निषेधाज्ञा

  सरिता चलाउने २०७८ बैशाख ३० गते बिहीबार १७:४७:१७ मा प्रकाशित

सरिता चलाउने, वैशाख ३०,सल्यान 
कोभिड १९ को संक्रमण उच्च गतिमा फैलिएको भन्दै सल्यानमा  १५ दिन निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न भन्दै जेठ दुई गते राती १२ बजेदेखि जेठ १६ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो । 

बिहीबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) को बैठ्कले जेठ १ गतेसम्म जारी निषेधाज्ञालाई १५ दिन थप गरेर जेठ १६ गतेसम्म लागु गर्ने निर्णय गरेको हो । 
जिल्लामा संक्रमण दर उच्चतम विन्दुतर्फ बढ्दै गइरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताइन । जिल्लामा कोभिड १९ को उच्च जोखिमलाई न्युनिकरण गर्न तथा उपचारको प्रबन्ध मिलाउन निषेधाज्ञा थप्नु परेको उनको भनाई छ । 

निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ । अत्यावश्यक लगायतका खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य, औषधी र स्वास्थ्य सामाग्रीका पसलहरु स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन । 
जिल्लामा संक्रमणको दर उच्च विन्दुमा पुगपनि हालसम्म आइसियु र भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन । 

जिल्लामा कोरोना संक्रमणबाट बिहीबारसम्म ५सय ३४ जना सक्रिय संक्रमित रहेका छन् भने १८ जनाको मृत्यु भइसकेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top