होमपेज / समाज
इन्द्र बुढाथोकी वैशाख २९,सल्यान
अविरल वर्षा पछि आएको पहिरोले छिन्चु जाजरकोट सडक अवरुद्ध भएको छ । छिन्चु जाजरकोट सडक खण्डको गुर्भाकोट नगरपालिका ३ धारापानी नजिकै मंगलबार साँझ झन्डै ७ बजेबाट सडक माथिबाट आएको पहिलोले सडक अवरुद्ध भएको हो ।
गएरातीबाट सडक अवरुद्ध हुँदा अस्पताल लिदै गरेका बिरामीहरु अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा ६० देखिी ८० वटासम्म एम्बुलेन्स देखि अन्य खाद्यन्न बोकेका गाडी अलपत्र परेको स्थानीय दल बहादुर विकले जानकारी दिए ।
पहिरोले अवरुद्ध बनेको सडक अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाले पठाएको डोजरको मद्यतबाट सडक खुलाउने प्रयास भइरहेको विकले बताए ।





.jpg)