ट्रेण्डिङ

होमपेज / समाज

बनगाडमा कुपिण्डेमा पाँच वेडको अक्सिजन सहित १० बेडको आइसोलेशन निर्माण

  इन्द्र बुढाथोकी २०७८ बैशाख १९ गते आइतबार १६:५०:२८ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख १९,सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिकाले कोरोना सक्रमितको उपचारका लागि अक्सिजन सहितको आइसोलेसन  सञ्चालनमा ल्याएको छ।

 प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा ५ वेडको अक्सिजन प्लान्ट सहितको १० बेड निर्माण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिए । नगरपालिकामा कोरोना पोजेटिभ बिरामी भए पनि समस्या भएकोलाई  कुनै अस्पतालमा उपचार गर्ने बेडहरु खाली नभएकोले नगरपालिकाले अक्सिजन खरिद गरेर आइसोलेशन सहितको बेड निर्माण गरिएको  उनको भनाई छ। अवस्था हेरेर  एक सय बेड सम्म बनाउने गरी तयारी भई रहेको उनको भनाई छ ।  

अब तत्काल २र३ दिनमा कीट आउने र नगरपालिका १२ वटा वडाको गाँउगाउँमा गएर लक्षण देखिएकालाई समेत कोरोना चेकजाँच गरेर छुट्याउने र सबैलाई सुरक्षित गर्ने लक्ष्य रहेको पोख्रेलले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top