ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा नुहाउन गएका मजदुर भेरी नदीमा वेपत्ता

  इन्द्र बुढाथोकी २०७८ बैशाख १८ गते शनिबार १५:०६:५२ मा प्रकाशित

इन्द्र बुढाथोकी शर्मा वैशाख १८,सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिका सल्लीबजार भेरी नदिमा नुहाउन गएका एक मजदुर वेपत्ता भएका छन् । 

शनिबार दिउँसो भेरी नदिमा नुहाउन गएका रोल्पा रुन्टीगडी गाउँपालिका ६ खाराका १९ वर्षीय अर्जुन बुढा वेपत्ता भएका हुन् । बुढा सल्लीबजार खानेपानी लिफ्ट योजनामा काम गर्दै आइरहेका थिए । 

वेपत्ता बुढाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top